Monday, December 15, 2014

गजल भरोषा छ

बेइमानी को हैन मेरो प्यारको भरोषा छ
जवानी सँगै बिताएको, यारको भरोषा छ

पहिराएका तिनै फूल, एउटै धागो भरी
ओइलिएर झरे पनि, हारको भरोषा छ

तुषारोले खायो लेक् खडेरिले बारी त्यस्तै
आखिर उनै गहिरिखेत्, टारको भरोषा छ

सम्हालेको जोवन अनि उन्कै नाम् ओठ्मा
उसले नै गाडी  छाडेको, बारको भरोषा छ

उल्टो छुरा चाहे तरबार् मेटिदैनन् सम्झना
पवित्र हाम्रो पिरती कै, धारको भरोषा छ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...