Tuesday, December 2, 2014

गजल ऊनी प्यारी

गाउँदिन गीत् जूनको, जून भन्दा ऊनी प्यारी
गास्दिन प्रित् फूलको, फूल भन्दा ऊनी प्यारी

पर्खाइमा जूनी बितोस्, यादै काफी मेरा लागि
लेख्दिन चीठी खूनको, खून भन्दा ऊनी प्यारी

मिर्मिरेमा झिस्मिसे´मा, गोधुली र मध्यान्हमा 
झार्दिन म आशु भूलको, भूल भन्दा ऊनी प्यारी

बाचा कसम् भन्दा ठूलो, विश्वाश् मैले जिती सके
खादिन म कसम् सूनको, सून भन्दा ऊनी प्यारी

गाउँदिन गीत् जूनको, जून भन्दा ऊनी प्यारी
गास्दिन प्रित् फूलको, फूल भन्दा ऊनी प्यारी

गास्दिन प्रित् फूलको, फूल भन्दा ऊनी प्यारी
गाउँदिन गीत् जूनको, जून भन्दा ऊनी प्यारी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...