Monday, December 29, 2014

गजल दोधारमा छु

बताउन सक्दिन आज्, कस्तो कस्तो मारमा छु
विश्वाश लाग्दैन होला, खुकुरी को धारमा छु

समयले लुट्यो कुट्यो, बेबारीसे जस्तै भएं
नुन चुक छर्छौ अझै? हेर त् नाङ्गे झारमा छु

भिकारी दुनियाँ भन्थे, खोटो सिक्का मिल्काउदै
खोटो सिक्का पाईन्छ कि, मगन्तेको हारमा छु

धन्न लोड सेडिङ्ग् रैछ्, आज त बांचियो अब
खाली खुट्टा धूप उस्तै, बिजुली को तारमा छु

बिहानीमा पूर्व प्यारो, गोधुलीमा पश्चिम त्यो
मध्यान्ह कता जाउँ, लौन म दो´धारमा छु  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...