Sunday, December 14, 2014

गजल छैन अझै

मायामा हार खाएँ, हारेको छैन अझै
पूरानै हो त्यो डेरा, सारेको छैन अझै

कबिता लेख्दिन त, कलम भाचियो नि
अरुले झै जून् तारा, झारेको छैन अझै

जग्गे आँगनमा ऊ, चँदुवा च्यातियो कि
पन्डित ले लगन, टारेको छैन अझै

अँगालो अझै छ् खाली, सम्हाल मलाई लौ
कसम तिम्रो माया, मारेको छैन अझै  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...