Tuesday, December 23, 2014

गजल नहुनु थियो

आखिर भएरै छाड्यो जो नहुनु थियो
देख्दै हुनु हुन्छ आज यो नहुनु थियो

माछा देखे दुलामा हात भने झै सधैं
सहमति कस्तो यस्तो भो नहुनु थियो  

सहेकै थियौं हामीले बिगत् केही बर्ष
अति माथि अतिचार् पो नहुनु थियो

जुन जोगी आएपनि कानै चिरेका रे
खरानी धसे को हुने को नहुने थियो

जान्दा जान्दै जनताले मोहोर लगाए
धिक्कार्दै छन अहिले हो नहुनु थियो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...