Saturday, December 27, 2014

जिन्दगीमा घरिघरी

नगरौं भन्छु सम्झौता, जिन्दगीमा घरिघरी
तोडनै पर्ने मौनता, जिन्दगीमा घरिघरी

गुमनाम् बांच्दैछु म, जिवनका भिडहरुमा
रोज्नै पर्ने छ एउटा, जिन्दगीमा घरिघरी

कहिलेसम्म छेक्छ लाज्, नांगाहरुको बस्तिमा
च्यातिएको यो लगौंटा, जिन्दगीमा घरिघरी

कथित पथिक हुँ म, देश भित्र हराएको
राज्यबिनाको रजौटा, जिन्दगीमा घरिघरी

नास्तिक हैन परन्तु, मन्दिर धाउन्न अब
खोज्नै पर्छ कि देउता, जिन्दगीमा घरिघरी     

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...