Wednesday, December 17, 2014

गजल कता लौ

जमाना कहाँ गो, म खोजुँ कता लौ
मयालु हजारौं, म रोजुँ कता लौ

मलाई दिए भो, पूरानो कहानी
हराएँ निशाना, म सोधुँ कता लौ

बिहानी पखैमा, मिठो जो रूमानी
फूरेथ्यो मनैमा, म पोखुँ कता लौ

नजाउ नभेटी, गूनासो छ मेरो
छ पोको ठूलो यो, म बोकुँ कता लौ

भूवाले बिझायो, बिना हात तिम्रो
सिरानी रिसायो, म टोकुँ कता लौ
---------------------------
१२२ १२२ १२२ १२२
















No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...