Friday, December 26, 2014

बारुद् बन्दुक बुट छ

बजारे हुन्छ बुट् तिम्रा, देशमा भारी छुट छ
लुटि खान पल्केका को, हेर्नुस कति गुट छ

तैँ रानी मै रानी लौ, कस्ले भर्ने कुवा पानी
दोश दिन सिपालु को, बुझ्नुस् मिठो झुट छ

सहिस्णुतामा निर्पेक्ष्यको, बिषालु बिउ रोप्यौ
एकताको माला चुंड्यो, त्यसैले आज फुट छ

भाई फुटाइ रमिता, कस्तोकस्तो खेल खेल्छौ
सत्तामा जान खोज्नेको,ती अनगिन्ती रूट छ

कलम् भन्दा हतियार, मतियारी बड्दै गए
चामल छैन देशमा, बारुद् बन्दुक बुट छ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...