Monday, December 29, 2014

कबिता म अनि मेरो पहिचान

हातमा फित्ता बोकेर निस्केको छु म पनि
जल जमिन जंगलमा आफ्नो पहिचान खोज्न
कोही पूर्व देखाउछन् कोही पश्चिम
आखिर म जस्तै,
हामी कहाँ छौं त?

दक्षिण जान्छु जहाँ
मेरो टुप्पी काट्ने धम्की दिन्छन्
उत्तर जान्छु मेरो श्यामबर्ण माथि नै
प्रश्न तेर्स्याउंछन्न्,
अनि म पनि छिर्छु भिडमा
पहिचानबादिको भिडमा,
म झनै अन्यौलमा पर्छु,,
त्यहाँ त हजुर
भिडले बोलेको नै भिडले सुन्दो रहेनछ
भिड अन्यन्त्रित छ,
भिड भित्र अनगिन्ती मागहरु छन्
पुर्ती गर्न कुनै अर्थशास्त्रीले पनि
सक्छ जस्तो यो अर्ध शिक्षित दिमागलाई त लाग्दैन
अहो कस्ता कस्ता माग छन्
सिङो काटेर ठुलो खोज्छन्
जरा काटेर काण्ड रोज्छन्
अह बुझ्दिन,,
होइन म अब
बुझ्ने कोशीश पनि गर्दिन,,

हातमा फित्ता बोकेर निस्केको छु म पनि
जल जमिन जंगलमा आफ्नो पहिचान खोज्न
हैन मैले के बिराएँ र?
नापेर चाहियो मलाई मेरो पहिचान
जोखेर चाहियो मलाई मेरो पहिचान
होइन, कसरी कसले दिने हो ?
मलाई मेरो पहिचान,,
शिरमा ढाका टोपी छ
निधारमा रातो टिका छ
टाउकोमा एक बित्ताको टुप्पी पनि छ
हातमा चन्द्र-सुर्य निलो किनारा
हिमालयको झन्डा छ,
छातीमा मेची-कालीको सम्झना
आँखामा स्वयम्भुको नजर
सगरमाथानै मेरो शिर लाग्छ
नेपाल नै आमा लाग्छ घर लाग्छ
जहाँ म जान्छु आफ्नो देश लाग्छ,,

चाँदनी र दोधारामा देउँशी खेल्न पाउनुपर्छ
मुस्ताङको स्याउ टिप्न पाउनुपर्छ
कोशीमा डुबुल्की मार्दै टप्पुमा शुशेल्न पाउनुपर्छ
निर्धक्क ढाका टोपिमा जनकपुर घुम्न पाउनुपर्छ
रारा रोल्पा रुकुमको कबिता लेख्छु
लम्जुङ तनहुँ गोर्खा कास्कीका
घाटु र चुट्कामा नाच्छु,,
हो कसैले नरोकुन् मलाई
मन्दिर गुम्बा र मस्जिदमा
भजन सेलो र बकरीमा
म स्वतन्त्र छु, थिएं र रहनेछु
नेपाल आमाको छत्र छायामा

शुक्रराज शास्त्रीको जयनेपाल प्यारो छ
हुसेन गुरुलाई स्लाम आलेकुम
काफ्ले गुरुलाई नमस्कार
डोल्मा दिदिलाई तासिदेले
हजुरलाई राम राम,तारेमाम
जोजोलोप्पा,सलाम

संस्कार र पहिचान यही नै हो मेरो

यो भन्दा मेरो पहिचान अरु के हुन सक्छ र,??
------------
पौष १४ सोमबार


No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...