Monday, December 29, 2014

गीत जानेलाई

दिलमा किला ठोकेर जानेलाई
बार्हसत्ताइस् खोकेर जानेलाई
ब्यर्थै आंसु बगाउन्न बनपाखा
सिर्सिर् बतास रोकेर जानेलाई

दिलमा किला ठोकेर जानेलाई

यो मनमा पिर् रोपेर जानेलाई
छातीमा घाऊ खोपेर जानेलाई
ब्यर्थै आंसु बगाउन्न निरमाया
सुन्दर् संसार छोपेर जानेलाई

दिलमा किला ठोकेर जानेलाई

उल्टो कदम मोडेर जानेलाई
बाचा कसम तोडेर जानेलाई
सम्झी सम्झी रुँदिन भो अब
एक्लो मलाई छोडेर जानेलाई

ब्यर्थै आंसु बगाउन्न बनपाखा
सिर्सिर् बतास रोकेर जानेलाई


   

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...