Tuesday, December 9, 2014

गीत हुन्छु सङ्गी

थाहा छैन किन कस्को, पर्खाइमा हुन्छु सङ्गी 
एकान्त नै प्यारो अनि, झर्काइमा हुन्छु सङ्गी 

निदरी ले चाडै छोड्छ, झिस्मिसे अन्ध्यारोमै
दिन भरी मिठा याद, मर्काइमा हुन्छु सङ्गी 

भञ्ज्याङको चौतारीमा, प्यास भुल्दै दिन बित्छ
गोधुलिमा प्यास मेट्दा, सर्काइमा हुन्छु सङ्गी

कोही आई लगे हुन्थ्यो, डोली चढि जाने रहर्
बैन्श मेरो लाली जोवन्, घर्काइमा हुन्छु सङ्गी 

बिहानी´को सिर्सिरे´ले, पछ्यौरी उडाइ लान्छ
सावन् भन्दा पहिले नै, दर्काइमा हुन्छु सङ्गी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...