Tuesday, December 9, 2014

गजल चिहान भएन

रात कट्यो मेरो, बिहान भएन
उनको त्यो हात, सिरान भएन

किटानी जाहेरी, मायाकै अदालत्
फर्छ्यौट् हुन्थ्यो कि, बिधान भएन

पूर्व र पश्चिम, उत्तर दक्षिण
मिल्ला तर हाम्रो, मिलान भएन

मर् भूमिको यात्रा,अन्योल छ बाटो
मरुद्धान् भेटियो, मूहान भएन  

जिउँदो लास् आफ्नै, मलामी तयार
आज यो शहरमा, चिहान भएन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...