Monday, December 1, 2014

भिजेको मुढोमा आज फेरि,

कबिता

भिजेको मुढोमा आज फेरि,
कोही बन्चरो चलाऊदै छन्
कोही सलाई कोर्दै छन्,
यद्धपि थाहा छ,
मुढो सल्कने छैन,
बर्षौ देखि मिल्किएको
लेउ र च्याउले राज गरेको मुढोमा
आज उनलाई जाडो भयो भन्दैमा
किन पो सल्किन्थ्यो र आगो?

कैयौ हिउँद गयो
कैयौ गृष्म गयो
निर्जिब मुढोलाई कसैले चाहेन
पुगेको थियो सबैलाई।
आज एकाएक जाडो बढ्यो भनेर
कोही राको लिएर तम्सिएका छन् भने
कोही खरका मुठा।
समयको अन्तरालमा सबैले बिर्सिएको मुढो
आँफैमा साउनको झरिले केही गलेको छ
तर ओशिएको छ, चिसिएको छ
लेउले आफ्नो हिरिन प्राणलाई छोप्दै छ
कयौ धमिराहरु हुर्के वही
च्याउले आफ्नो बन्श बढायो वही
कसैले एक पटक चियाएनन्,
तर आज उनको घर चिसो भयो भन्दैमा
तो ओसिएको मुढोमा
झिल्का झोस्दै छन्
पटक पटक मक्किएका चरहरुमा
सितका कणहरुले अर्को आयाम थप्दै थियो
आज एक्कासी मान्छे
बन्चरो,आगो,खर
कोही कोही त महँगो मट्टितेल
हातमा बोकेर निस्किएका छन्
त्यो बेबारिसे मुढो
चिर्न, काट्न,आगो सल्काउन
सबै बेग्र छन् फुटाउन,,

भिजेको मुढोमा आज फेरि,

अझ अचम्म के छ भने
मान्छे युगौ सबैको बेवास्थामा
मिल्किएको मुढो माथि
हुकुमत चलाऊन खोज्दैछन्
स्वामित्व खोज्दैछन्
होइन भने सबैको एक मत
आगो फुकौ र तापौ
अनि खरानी भाग लगाऔ।

दाउरा न सही आगो
आगो न सही राप
राप न सही खरानी।

भिजेको मुढोमा आज फेरि,

श्रीभक्त पौडेल ¨आफन्त¨
चितवन रामपुर
हाल स्पेन




 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...