Tuesday, December 9, 2014

गजल नेपालीले

क्रान्तिमा रगत का भल्, देखेकै हुन् नेपालीले
सिम्हाशनमा तिम्रा छल्, खेपेकै हुन् नेपालीले

पुस्तक हैन भ´रु´वा, बन्दुक बोक् नानीहरु
आङ्गनमा लाशका पल्, टेकेकै हुन् नेपालीले 

नाला पानी लडेकै हुन्, गोर्खालीले ईतिहासमा
अनेक्ता मा एकता बल्, गरेकै हुन् नेपालीले

छेपारे राजनीति अब्, तिलान्जली दिए उत्तम्
सम्सदमा सदैब कल्, छेकेकै हुन् नेपालीले

आज फेरि किन गर्छौ, त्यहि युद्धका कुरा तिमी
शान्तिशान्ति शान्तिका जल्, लेपेकै हुन् नेपालीले

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...