Monday, December 8, 2014

कबिता अर्को नाटक मन्चन गरौ

आउ आज यहाँ अर्को,
नाटक मन्चन गरौ
म पर्दा उघार्न चाहन्छु
धेरै बोल्यौ नेपथ्यमा,
यो नाटक कुनै कोरा कल्पनामा
लेखिएको होइन र छैन पनि
यो तिम्रै नाटक हो
जहाँ म र म जस्तै
दर्शक छन्,
जो निरिह प्राणी हुन्
ढुङ्गा मुढा त परै जावस
बिरोधका कुनै गुन्जाइस हुने छैन।

आउ आज यहाँ अर्को,
नाटक मन्चन गरौ
आज,जहाँ तिमी
आँफै सूत्राधार हुन्छौ 
पटकथा तिम्रा,
त्यसैले,
सच्याउ सकेजति
तिम्रा आफ्ना सम्बादहरु
किन कि
कर्तब्यबाट त तिमी
बिमुख भैसकेका छौ।
नडराउ यहाँ तिमी, परिपक्क छौ
सम्बाद बोल्न त तिमी पोख्त पनि।

आउ आज यहाँ अर्को,
नाटक मन्चन गरौ


 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...