Thursday, December 25, 2014

एक रात

चोकचोकमा अब चिहान खने हुन्छ  
किन कि बस्तिमा काल पस्दैछन्
मुर्कुट्टा जस्ता देखिने,
स्याल र ब्वान्साका खाल पस्दैछन्
अनन्त नअघाउने
दरिद्री भित्रका चन्डालहरु
पण्डाल बोकेर
शहरबाट जङ्गल हुँदै
पून:गाउँ पस्दैछन्,
बस्तिमा फेरी
आर्तनाद सुनिनेछन्
चित्कार सुनिनेछन्
सुखद बिहानीको लालचमा
बन्दुक बोकाइनेछन्
बारुद बोकाइनेछन्
ठेलिका ठेली

राता दस्ताबेज घोकाइनेछन्
बोक्न र घोक्न नमाने
सङिन र खुँडा ठोकाइनेछन्।

हो
परिवर्तनका मुकुटधारी महाराजाहरु
घोड्चढीका दस्तामा छिर्नेछन्
छलाङ मार्नेछन्
तिम्रा हाम्रा आङ्गनमा भोज खानेछन्
गाई काटेर गधा पोस्दै
ढेच्युँ ढेच्युँमा नाच्नेछन्,

यी यस्ता कालहरु हुन्
जो मशानघाटमा भाग नपुगेर
लाशका चौटाहरु माथि राज नपुगेर
सिङो कंकाल घाटिमा झुन्ड्याउन चाहन्थे
त्यही कंकाल भांचिएर
तातो रगत पिउन
बस्ती छिर्दैछन्,

अहो!!
कस्तो डरलाग्दो सपना,
चोकचोकमा चिहान खन्ने
कसले पो खन्ने हुन
बस्ती सुन्य छ,
उफ्! के हुँदैछन् मेरा रातहरु
हर रात कालरात्री लाग्दैछन्
निदाउन सक्दिन,,




No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...