Wednesday, December 24, 2014

गुनासो

----------
ए बाबु सुन त,
सुन न बाबु!
सुन्दैछु कान्छो भूमिगत हुँदैछ रे
ठुले स्वदेश नफर्किएको बर्षौं भैसक्यो
माइलो त दुईटा उपनाम बोकेर
कहाँ गयो कुन्नी ,,

साइलो पनि त
बेपत्तै भयो नि
नसोध कती बर्षभयो भनि
कोहि भन्छन्
¨बिप्लबी¨ थियो
कोही भन्छन्
¨देशद्रोहि¨ थियो,,
चाहे जो जे थियो
उ मेरो छोरो थियो।

बाबु !
आजभोलिको यो पारीलो घामले
यो आङ तात्दै तात्दैन
झस्किरहन्छु रात भरी
ठुलेको पसिनाले पोल्छ
साइलोको रगतले पोल्छ
माइलोको सम्झनाले पोल्छ
के भन्नु खै बाबु?

खै के सुन्दैछु फेरि
सुन्दैछु कान्छो भूमिगत हुँदैछ रे
किन? बाबु, किन ?
के पुगेनछ त्यसलाई??
सत्ता कि सम्पत्ती,,
सत्तामा त पुगेथ्यो नि हिजो
सकी सकेछ है बाबु त्यसले
उसको भागको अन्श पनि?

बाबु, तिमी जङ्गल नपस है
तिम्रो जीवन भन्दा मेरो लास प्यारो छ
म त डाँडा माथिको घाम नै त हुँ
भोलिको उदय देखिन भने
तिमी आँफै भन त?
मलाई घाट सम्म कसले पुर्याउछ ??
उसै त गाउँवस्ति सुन्य छ
----
छिमेकी काइला हजुरबाको
गुनासो थियो यो।
जवाफ थिएन म सँग
हातमा नयाँ एम आर पि
राहदानी थियो,
भोलि राजाधानी जाने माइक्रो को टिकेट
नतमस्तक बनायो आज मलाई
काइला हजुरबाको गुनासोले।
---
श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...