Wednesday, December 17, 2014

गीत कहाँ आउँथिन र उनी

निदाएकै रहेनछु, कहाँ आउँथिन र उनी
बिनाधून बांसुरीको, किन गाउँथिन र उनी ?

बेईमानी निस्ठुरी रे, नचिनेर हो कि कतै
परदेशी सँग ब्यर्थ्यै, माया लाउँथिन र उनी ?

बहाना नै भुले पछी, आउनेजाने बाटो बिर्सिन्
पँधेरो त्यो सार्नु अघि, साँच्चै धाउँथिन र उनी

निदाएकै रहेनछु, कहाँ आउँथिन र उनी
बिनाधून बांसुरीको, किन गाउँथिन र उनी ?



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...