Wednesday, December 3, 2014

राम काहानी

लेखेर सकिन्नन् मेरा, राम कहानी
गनेर सकिन्नन् सारा, दाम कहानी

भौतारिदै बिते हजुर, कैयौ बषन्त
मेटेर सकिन्नन् प्यारा, आम कहानी

नभेटेका होइनन् मैले, प्रेम पत्र ती
सुनेर सकिन्नन् आधा, खाम कहानी

रित्तिन्नन् मधुशाला यी, पिएर त हेर्
भनेर सकिन्नन् धारा, जाम कहानी

ब्यस्त आफन्त सधैं, कहलिन्छ लट्ठक्
गरेर सकिन्नन्, मेरा काम कहानी

भनेर सकिन्नन् सारा राम काहानी



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...