Friday, December 19, 2014

एउटै काफियामा

तिम्रो लागि सातै दिन, एक बारको कुरा नगर
ओछ्याएको रातो कार्पेट्, कांडे बारको कुरा नगर

कस्ले भन्छ माया ब्यापार्, पिरतीनै हो धन दौलत
त्यही भएर् बिन्ती मेरो, कारो बारको कुरा नगर

पार्वती तिमी हौ भने, म पनि त हुँ तिम्रो शंकर
ब्रत हैन प्यार बाँढ, सोम बारको कुरा नगर

यस्तै रै´छ जिन्दगानी, कहिले घाम कहिले छाया
भेट्ने भए आजै भेट, बार बारको कुरा नगर 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...