Sunday, December 21, 2014

गजल बुलबुलमा

नबिथोल सुन्दैछु म गजल बुलबुलमा
पाउँछु सदा उर्जा मल-जल बुलबुलमा

हरेक साँझहरु यसै मदहोशी छन् मेरा
हिलोमा नै फक्रिएको कमल बुलबुलमा

साकीहरु हररात् फेरिन्छन् मधुसलामा
आउने छ एक मित्र असल बुलबुलमा

दुखिलाई हांसो बाँच्नेलाई साहारा लिएर
हरियाली ति फाँटका फसल बुलबुलमा

नयनमा गाजल निधारमा टिका सृङ्गार
चाहना विश्वाश मेरा अटल बुलबुलमा 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...