Saturday, December 27, 2014

छ इतिहाँस भारी

उसै छ इतिहाँस भारी, अझै नखेप है
तक्दिरले ठगेको हिजो, सधैं नहेप है

दागैदाग छ् भुत भबिस्य र बर्तमानको
समयले घोलेको आज, हिलो नछेप है

सिमाना हराए, दशगजा हराए हेर त्
निचोरी सक्किंदै आँफैमा, अरु नचेप है

खुलामन्च बनायौ देश, युद्धको मैदान
धिक्कार्दै छन रगतले, कतै नलेप है

उसै छ इतिहाँस भारी, अझै नखेप है
तक्दिरले ठगेको हिजो, सधैं नहेप है 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...