Tuesday, December 16, 2014

गजल घूनका कुरा गरौं है

आऊ औंसीका रातमा, जूनको कुरा गरौं है
सम्बन्ध् टुक्रिएर गयो, खूनको कुरा गरौं है

बिर्सिएर आफुं को हुँ, औंलो ठड्याई रह्यौ
पैन्चो नदिएका तिनै, गूनको कुरा गरौं है

मकै सके बांदर ले, खेत बारी भए रित्तै
भुट्ने झुत्तोमा रहेका, घूनका कुरा गरौं है

बाक्सा ओराले जहाज्ले, गाउँमा भो रुवाबासी
बिल्ना वस्ती झनै बिल्ना, नूनका कुरा गरौं है

हुना-हार दैब नटार्, चित्त बुझाउनै पर्‍यो
आज झनै बिरक्तिएँ, धूनका कुरा गरौं है 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...