Wednesday, December 31, 2014

आफन्तका ३ मुक्तक

१,
अहँ झुन्ड्याउन्न म, पात्रो नयाँ
यो जिउँदो लासको, कात्रो पुरानै
जडौरीमा कैयौं बषन्त गुज्रे पनि
पाईन मैले नौलो,खै मजेत्रो पुरानै
२,
महलको सपना देख्ने अधिकार लुटे
बाँचेको छु जहाँ खोली थोत्रो पुरानै
कामनाका शब्द नयाँ अनुहार नयाँ
किन अनुभुती सधैं झैं,झुत्रो पुरानै
३,
फेरियो लाली उमङ गतसाल भन्दा
अहँ किन हुन्थ्यो नयाँ भुत्रो? पुरानै
अहँ झुन्ड्याउन्न म, पात्रो नयाँ
यो जिउँदो लासको, कात्रो पुरानै



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...