गफै-गफमा हांगो, नूगाइ छाडे
अंग्गालोमा नै डांको, रूवाइ छाडे
शितलता बांड्दैछु, उघारें ढोका
अाइ छातीमा रांको, लगाइ छाडे
उर्बर थिए फांट, नहर् कुलेशा
छर्केर नुन बांझो, बनाइ छाडे
जिउनी कसैको त, थिएन तर
तेरो र मेरो आँठो, खनाइ छाडे
बुद्ध राम चाणक्य, आउन चांडो
बिषमता को गांठो, कसाइ छाडे
No comments:
Post a Comment