Tuesday, December 16, 2014

देशबन्दका कुरा

नगर फेरि त्यही सम्बन्धका कुरा
अप्ठेरोमा परेका परिबन्दका कुरा

नराम्रो बानी अंधेरोमा तिर हान्यौ
नेतानै त पर्यौ अन्धा-धून्द कुरा

स्वतन्त्रताका नाममा खेलखेलायौ
हारेपछि किन नि स्वछन्दका कुरा

नथाक्ने रैछौनी किन हो अझै पनि
बाटो भुलेर छन्द न बन्धका कुरा

खुलाउ, नराख देश अन्यौलतामा
नगर् भो आजैदेखि देशबन्दका कुरा

नगर फेरि त्यही सम्बन्धका कुरा
अप्ठेरोमा परेका परिबन्दका कुरा

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...