Tuesday, December 16, 2014

केही शेर

तिम्रो खुशीको लागि म रुन तयार छु
सत्य! जूनको दाग त धुन तयार छु

धुवाँ र धुवाँमै अल्झेको छु भने यहाँ
हेर्छौ दन्केको त्यो आग छुन तयार छु

मरेर बाँचेको जो, कहानी धेरै सुनायौ
भन,जिउंदो लास् हुँ, पुन: तयार छु

आखिर तिमी आफ्नो मान्छे चिमोटे सहिन्छ
दिलमा राज गर्दै घाटी,, निमोठे सहिन्छ

बाडुल्की लगाउनेले छिट्टै, भेट्न आए हुन्थ्यो
धमिलिए पिरतीका रेखा, मेट्न आए हुन्थ्यो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...