Wednesday, December 17, 2014

गजल मेरो

एेना हो गजल मेरो चियाएर हेर
डुङ्गा हो गजल मेरो खियाएर हेर

नशा हुँ मायाको क्रान्ति अक्षरहरुमा
आँफै´लाई गजल् मेरो पियाएर हेर

जोड्छ फोड्छ तोड्छ परिआए सारा
धागो हो गजल मेरो सियाएर हेर

छायाँ देख्छौ आफ्नै सागर छेउ ईनार् यो
जिन्दगी हो गजल् मेरो जियाएर हेर

एेना हो गजल मेरो चियाएर हेर
डुङ्गा हो गजल मेरो खियाएर हेर

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...