Monday, December 22, 2014

आँशुले सिरानी धुनुहुन्न माया


जलेर खरानी हुनुहुन्न माया
गलेर परानी जानुहुन्न माया

लेख्ने ले जेपनि लेख्छन् यहाँ
आँशुले सिरानी धुनुहुन्न माया

बिगतले युद्ध छेडेको न भूली
पिरती पूरानी छुनुहुन्न माया

आस्थाविश्वाशमा अडेको छ् दुनियाँ
हरेक बिहानी भुल्नुहुन्न माया

भुल कसले, गर्दैन भन्नुस त
सम्झेर रिसानी लिनुहुन्न माया






No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...