Tuesday, December 23, 2014

गजल मिचेका छन् हेर्नु


मन ओभानो परेला भिजेका छन् हेर्नु
गाला सदैब आँशुले सिंचेका छन् हेर्नु

उन्मुक्त छैनन हाँसो प्लास्टिक देखिने
छाती सदा एेंठनले थिचेका छन् हेर्नु

रुवाउने, हसाउने, माथि छन् भने´नी
तक्दिर मेरो कसले खिचेका छन् हेर्नु

पानी दर्किन्छ, बाली आँगनमा पसारो
दुई मुठी अन्न सबै सिजेका छन् हेर्नु  

तीन हात बित्ता घडेरी राजिनामा छैन्
सिमाना आफन्तलेनै मिचेका छन् हेर्नु

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...