Sunday, December 14, 2014

जवानी घर्कियो सानु गीत


छाती चर्कियो मेरो, जवानी घर्कियो सानु
सम्झेर हो कि सायद पानी सर्कियो सानु

रुन्न भन्दा भन्दै पनि,याद्ले चिमोटे पछी
रोक्न सकिन आँखाका नानी, दर्कियो सानु

मधुशाला छिर्दिन भन्थें, आईन्दा कहिल्यै  
कुरा बुझ आँफै त्यही बानी, फर्कियो सानु

नयाँ दिन नयाँ उज्यालो, आफ्नो त भएन
साँझरात् सपनी झै बिहानी, झर्कियो सानु

छाती चर्कियो मेरो, जवानी घर्कियो सानु
सम्झेर हो कि सायद पानी सर्कियो सानु

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...