Tuesday, December 16, 2014

गीत रानी खोज्दैछु

प्यासी छैन म किन पानी खोज्दैछु
कहाँ हुनु पुरानो,, बानी खोज्दैछु

दिलको दरबारमा मनको राजा
त्यसैले त सायद,, रानी खोज्दैछु

भुलेको जवानी अब् कहाँ पाउनु र
जवानी फर्काउने,, खानी खोज्दैछु

हत्केलामा दिल् राखी शहर निस्कें
शहरमा आफु जस्तै दानी खोज्दैछु

खै कस्तोमा नजर बस्यो उहिल्यै
कबिता  गजल छानी छानी खोज्दैछु

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...