Monday, December 29, 2014

गीत:-नजर् नजरमा फूलेको हुन्छु म

तिम्रो बगैँचामा, फूलेको हुन्छु म
पुष्पका पत्रमा, खुलेको हुन्छु म
टिपेर कहिल्यै, चुल्ठो सजाइनौ
बाटोको छेवैमा, फूलेको हुन्छु म

चिनिनौ मलाई, घुम्टो ओढ्यौ झनै
भमरा बनेर, डुलेको हुन्छु म
तिमी निदाउँदा, सिरानमा सधैं
सँगै सपनीमा, भुलेको हुन्छु म

पल्टाउदा हरेक, पन्नाहरु´मा
शब्द ति भाबमा, घुलेको हुन्छु म
लाली ओठका, गाजल नयनका
अधर् अधरमा, फूलेको हुन्छु म

लजाउँदै एेनामा, नहेर् त्यसरी
नजर् नजरमा फूलेको हुन्छु म

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...