Tuesday, December 2, 2014

गजल जल्दैछ यो देश कतै

रूदैछ यो देश कतै,  ढल्दैछ यो देश कतै
उभिनै नसक्ने छाट्मा, गल्दैछ यो देश कतै

असहमतिको खेति, बार्ता बार्ता भन्दा भन्दै
छक्किदै छन जनता, चल्दैछ यो देश कतै 

रोपेर बिष ब्रिक्ष जो, फल्दैन यहाँ अमृत
ओकल्दै पूर्व पश्चिम, फल्दैछ यो देश कतै

नमेटिदै पूराना ति, युद्धका महान बाणी
भित्ताभित्तामा रगत, दल्दैछ यो देश कतै

फुकेर आगो सत्ताको, ताप्दैछन् महामहिम
देखेर मुस्लो धुवाको, जल्दैछ यो देश कतै  


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...