Monday, December 22, 2014

गीत आजकल

नचिनेका छायांलाई, बोलाउंछु आजकल
छायां सँगै आँफैपनि, टोलाउंछु आजकल

बिना धागो फूलटिपी, माला पनि बुन्छु एक्लै
माला हेर्दा हेर्दै वहिं, लोलाउँछु आजकल

दोबाटोमा बाटो छेकी, केके सोध्छु पराइलाई
मन को धोको सायद, भुलाउँछु आजकल

पिरतीको बगानमा, मायालुको काख सम्झी
लाज मान्दै आँफै लाई, झुलाउँछु आजकल

नचिनेका छायांलाई, बोलाउंछु आजकल
छायां सँगै आँफैपनि, टोलाउंछु आजकल







No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...