Monday, December 29, 2014

गजल आफ्ना

नीभाउने भन्दा जलाउने आफ्ना
उठाउने भन्दा ढलाउने आफ्ना

मलम् पट्टी लुटनेहरुको भिड्मा
तंग्राउने भन्दा गलाउने आफ्ना

सागर हुँ म भन्छु पत्थर हान्छन्
बगाउने भन्दा तलाउने आफ्ना

पर्दैन खोज्न ति दुस्मन सिमाना
सघाउने भन्दा छलाउने आफ्ना

आची हो त्यो नचलाऊ गनाउँछ
माटोपुर्ने भन्दा चलाऊने आफ्ना
-----------
पौष १४ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...