Saturday, December 27, 2014

गीत यो मन उध्रिएछ

कसरी हो टाल्ने अब, यो मन उध्रिएछ
पिरती मा डुबाई जाने, मान्छे सुध्रिएछ

सम्बन्ध त सियो धागो, छुटने छैन भन्दै
रङ्गिचङ्गी दुनियाँमा, ती पल गुज्रिएछ

मिठामिठा सपना देखें, न्यानो अंगालोमा
उपहार उसैको त्यो, गुलाब मुर्झिएछ

नयाँनयाँ लाग्थ्यो संसार्, बिहानी नी उस्तै
फर्किएर हेर्दा आज, जीवन झुत्रिएछ

कसरी हो टाल्ने अब, यो मन उध्रिएछ
पिरती मा डुबाई जाने, मान्छे सुध्रिएछ
---

photo - google



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...