Tuesday, December 2, 2014

गजल है सानु

मन् बहकिदा, भुलाउ है सानु
काखमा राखी, झुलाउ है सानु

बिहानीमा घाम, रातमा ती तारा
नजर् मा सधैं, फूलाउ है सानु

आशुको पर्खाल् बन्न सक्ला कतै
म् आउने बाटो, खुलाउ है सानु

प्रेमको बगान् चुम्दै शिखर त्यो
विश्वाश् ले तिमी चुलाउ है सानु

तिम्रो ¨आफन्त¨ तिम्रै शहरमा 
आउँदै छ् भोलि बुलाउ है सानु

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...