Sunday, August 31, 2014

आकार नखोज है

आँफै बैसाखीमा छु,आधार नखोज है
सधैं बेहोशीमा छु, सूधार नखोज है

सून्य सून्य दिमाग, लाचार हुँदैछु म
एजेन्डा बिहिन छु, बिचार नखोज है

हराए मेरा सारा, संस्कृति र संस्कार
नास्तिक भएको छु,सत्कार नखोज है

टुट्छन् मिठा सपना देखेका अंधेरिमा
यहाँ गुमनाम छु, साकार नखोज है

धरातल मा हुन्छु, सागर पनि हेर
जहाँ जसरी म´छु,आकार नखोज है

Saturday, August 30, 2014

गजल खोज्दैछु म आजभोलि

गजल

लुम्बिनीको त्यो बुद्धत्व, खोज्दैछु म आजभोलि
जिन्दगीको त्यो अस्तित्व,खोज्दैछु म आजभोलि

बसु दैब कुटुम्बकम्: नितीसार भुल्दै गयौं
आफन्तको त्यो महत्व,खोज्दैछु म आजभोलि

ब्युँझाउन सुतेका ति, कुम्भकर्ण सारा यहाँ
रामकोझैं त्यो ब्यक्तित्व खोज्दैछु म आजभोलि

माथि चढि लिस्नो चिर्ने अहमता बढ्दै गयो
नबिर्सने त्यो दायित्व खोज्दैछु म आजभोलि

विवाह र सम्बन्धमा मौलाउंदै अबिश्वास 
ब्राम्हणीको त्यो सतित्व खोज्दैछु म आजभोलि

&&
ब्राम्हणी - गोमा(पार्वती)स्वस्थानीको कथा



भो चाहिएन तिम्रो संघियता

भो चाहिएन तिम्रो संघियता कहर जस्तो
मतला मै काफिया नमिलेको बहर जस्तो

बगरेको भागबन्दी कही हड्डी कही बोसो
आतंक नै आतंक फैलिएको शहर जस्तो

जातियता गुटबन्दी जलाए भो दस्ताबेज
पानी बग्न नपाउदै पुरिएको नहर जस्तो

चुंडालेर लामो माला थुँगा थुँगा नपारे है
अरुबेला प्यारोलाग्ने सुनामी लहर जस्तो

अतिबादी उग्रबादी फस्टाउने हस्ताक्षर
संघियता आखिर भो घाँटिको जहर जस्तो

Friday, August 29, 2014

कस्तो रहर हो तेरो? poem

एउटा छुट्टै रहर पलाएको छ
आजभोलि म मा
जहाज चढेर कुनै टापुमा
मायालु सँग जिस्केर दिन बिताउने होइन
सभासद हुने होकी भन्नुहोला
त्यो पनि होइन,,
त के?कस्तो रहर हो तेरो?
सुन्नुस् न मेरो रहर
म मलामी जान चाहन्छु
हो म आफ्नै मलामी भएर
घाट सम्म जान चाहन्छु।
मरेको अनूभूती त गरिसकेको छु मैले
अब मलामी बन्न चाहन्छु।
आफ्नै अगाडि आफ्नै मुर्दा
टन्टन्ती हरियो बासको
उल्टो खटमा बाधेको हेर्न चाहन्छु
बस्तीका कति जना आउँदारहेछन्
म सँगै मेरा मलामी
कसले कस्तो कानेखुशी गर्दा रहेछन्
घाट सम्म पुग्दा,
आफन्तको अनुहारको चमक हेर्न चाहन्छु
को कति कहिले सम्म रुँदा रहेछन् बुझ्न् चाहन्छु
घाटमा आफ्नो चिताको लागि आँफै
दाउरा बोक्न चाहन्छु अनि
मुखमा जौ तिल घिउका बत्ती र
अन्त्यस्टिको सारा रितिहरु
धूप धुवाँ आगो कोइला हुँदै खरानी
हो म सारा हेर्न चाहन्छु
त्यही चिसो ढुङ्गामा बसेर
आफ्नै जिन्दगीको इतिश्री हेर्न चाहन्छु।

हो म आफ्नै मलामी जान चाहन्छु
चितामा लमतन्न दुनियाँ सँग बिदाइ...

खै कस्तो चाहना हो मेरो
कस्तो रहर हो मेरो,,
चिमोटे आँफैलाई
मिठो हो कि नमिठो सपना बाट
आँफैलाई ब्युझाउदै! 

भोकोपेटको ज्वाला


आडम्बर ओढेर भए पनि म बाँचेको छु
पोथ्रापोथ्री गोढेर भए पनि म बाँचेको छु

बांच्नु रहेछ आखिर मरेर नै किन नहोस्
दुई हात जोडेर भए पनि म बाँचेको छु

म के भिकारी शहर नै लम्पसार छ भने
इतिहाँश खोजेर भए पनि म बाँचेको छु

हरेक साँझ मदहोशी हर बिहान उत्सव्
मान्छेसँग सोधेर भए पनि म बाँचेको छु

भोकोपेटको ज्वाला उसैले क्रान्ति जित्छ अरे
विश्वाश त्यो तोडेर भए पनि म बाँचेको छु

१४ भाद्र २०७१

मेरो तिज

प्रेम प्रकाश पौडेल  
(तस्बिर टेक्सास अमेरिका बाट बिकास राज न्यौपाने)
--------------------

चेलीको तिज
छोरी बहिनीको तिज
भदौरे झरी र बाढिले पनि नरोक्ने तिज
धपक्क बलेको छ शहर र बस्ती,,
यस्तै छ तिज,,मेरो तिज
केही गन्थन छोरीहरु सँग
थुप्रै मन्थन नतिनिहरु सँग
रमाइलो लाग्छ तिज पर्व
उज्यालो बनाउछन् घर 
रमाइलो बनाउछन आंगन
छिड्कनी खेलुन चाहे
बरिलै को भाकामा रमाउन
जुरेली र गुलेलिका गीतमा नाचुन
बुढ्यौलीले छोए जस्तो लाग्दैन
उनिहरु सँगै नाच्छु रमाउछु,
सङिनिले बनाएको खिर
ठुल्छोरिले बनाएको लट्टे
सानी छोरीले बनाएकी
करेलिको अचार
के गर्ने तामा र गेडागुडी सहदैन  
यो बुढो देहले
तर पनि,,आफ्नै आँगन छेउको
निबुवा र गावा,,सामा त छैन
तर पनि आधुनिक भूजा
छोरी नाती नातिना सँग बसेर
खादा सांच्चै रमाइलो लाग्छ
यो तिज पर्व
राता र पहेंलै लाग्ने तिज
बासी पनि मिठो ताजी पनि मिठो।
कांश र कुरिलो
दर र दत्तिवन
पञ्चमीको घुमाउरो गीत
नटुटे हुन्थ्यो संस्कार
ताली र मादलको झन्कार
अनि हिन्दू(नेपाली)नारीहरुको
पवित्र पर्ब तिज
हरितालीका तिज,,
शुभम !
अस्तु ,,,
............

पौडेल कुटी
प रामपुर चितवन
२०७१ भाद्र १३ शुक्रबार




गजल

बिडम्बना कस्तोकस्तो, आफ्नैलाई भुल्नु पर्ने
बाध्यताले आजभोलि, भुल्न लाई झुल्नु पर्ने

परिस्थिती रुवाएको, अर्का लाई दोश दिन्न
बालुवा हुँँ भन्दा भन्दै, पानी सँग घुल्नु पर्ने 

बन्दझ्याल बन्दढोका, निस्सासिदै बांचे पनि
च्यातिए´को सेतो पर्दा, बिहानीमा खुल्नु पर्ने

सारा विश्व तिम्रो भन्यौ, बसु दैब:कुटुम्बकम्
स्वदेश मा बाटो भुल्दा, फकीर झैं डुल्नु पर्ने

कोपिला मै निमोठीने, अभागीको भाग्य यस्तो
बगान मा फक्रे पनि, गमला मा फूल्नु पर्ने ??

मौन सागर


सधैं लहर र रहर बोकेर
किनार सम्म लहर्याउदै ल्याउने,
सागर आज मौन छ
शान्त छ,बेचैन छ
म जस्तै
फरक यती छ कि
सागर बेचैन हुँदा शान्त छ
म हुन सक्दिन,

त्यसैले होला आज
सुन्दर कस्तिहरु
किनारा लाई एक्लो बनाएर
क्षितिज तर्फ बढेका छन्
धमिलिएका साँझहरु सँग मिल्न..

मन भयभित छ
सुनामी र आँधिले आक्रान्त मन
आज झन हास्न सकेको छैन
सामुन्द्रिक चिलहरु पनि
नरमाइलो सँग कराइरहेका छन्।

न कुनै माझी दाई छन
न क्यानभास बोक्ने बहिनी नै छिन
त्यहा,अहो कहाँ गए होलान
हिजो सम्मका त्यती धेरै
मान्छेका हुलहरु,,
चम्किला बालुवामा
आफ्नो बैन्श पोत्नेहरु 
हात समाएर आफ्नै छाया सँग
जिस्किने मायालु जोडीहरु,,

सम्झन्छु
सागर जस्तै शान्त रहनु
भनेर दिइएका आशिषहरु,,
कसले भोगेको छ र
सागरका भित्री हुन्डरहरु
हावा र भूकम्प
औन्शी र अष्टमी तिथिहरु
सूर्य र चन्द्रमाका चालहरु सँग
चल्नु पर्ने बाध्यता र समर्पणहरु।

हो तर आज यो सागर किन
चुपचाप छ
सुनामी सँग मिलेर
बस्ती,शहर सभ्यता नै
निल्न सक्ने सागरमा
किन टसमस छैन
के ले निल्यो आखिर
आज यो सागरलाई?

सायद भित्र भित्रै रोएको छ कि
समुन्द्रको गर्भ भित्र
कुनै अनिष्ट त भएको छैन
म एक अबूझ बबुरो
के के सोच्दै छु,

मेरो प्यारो सागर
जहाँ म सुर्यास्त हेर्न पुग्छु
बिहानी सुर्योदय नियाल्न पुग्छु
हरेक साँझ नाङ्लो जत्रै
रातो घाम हेर्दै कबिता कोर्छु,
उ परको क्षितिजमा
बाङा टिङा धुमलिएका
लामा सेता राजामार्ग लाग्ने
हवाइजहाजका धुवाँ हेर्दै
टोलाउंथे, म जस्तै
आशाबादी र निराशाबादीहरुको हुलमा
तर आज नितान्त म एक्लो छु
अनि म जस्तै निरिह बनेको
आजको सागर,,

साँझ ढल्दै छ,,क्षितिज पहेलिदै छ
सागर मूक छ
न लहर छ न रहर छ
म निकै बेर सोचेर बसे
घाम अस्ताइ सक्यो तर
तर म अझै सोच्दै छु

के सागर सँग पनि पिडा छन् होला?
------------

२०१४ अगस्ट २९ शुक्रबार
एस बि पौडेल ¨स्वतन्त्र¨
चितवन नेपाल
हाल स्पेन

गजल कसोरी लेखुँ

कांडा´लाई फूल गल्ति´लाई भूल,कसोरी लेखुँ
जिन्दगीमा छाती भरी छन शूल कसोरी लेखुँ

च्याती नसक्नु छन बन्दकी राजिनामाका पत्र
तिर्न बाँकी जवानी को मह´शूल कसोरी लेखुँ

खडेरी को बाढि ले डुबाउं´दैछ बस्ती शहर
डुब्दैछु म आँफै भने काका´कूल कसोरी लेखुँ  

डोलीमा बसेकी हेर्ने मन थियो तर तिमी ले
लेख भन्यौ तिम्रै विवाहको तूल कसोरी लेखुँ

टुलुटुलु हेर्दै थिएं म सिउँदो सजाको अर्कैले
त्यो लगनको रातो सिन्दुर धूल कसोरी लेखुँ

Sunday, August 24, 2014

गजल सराबको मातले

छोएन मलाई साथी सराबको मातले 
धोका दिंदैछ सायद सराबको जातले

कसले बनायो सराब सलाम छ मेरो
थाक्दिन बरु थप्दैछु सराबको घातले

छुंदैछोएन साथी फिटिक्कै छोएन लौन
पुरी सकें आँफै लाई सराबको खातले

उनिले छाडिन आफन्तले छाडे आखिर
परन्तु छाडेन् कहिल्यै सराबको साथले

आगो यही पानी यही चिजै कस्तो सराब
घाइते बनायो आज सराबको जातले
टोकेरै छाड्यो मलाई सराबको दातले

देह

देह नगलेको कहिले पो छ´र
देह नबलेको कहिले पो छ´र

आधार छैन न समाउने डालो
देह नढलेको कहिले पो छ´र 

ज्वाला न धुवां खरानी देखिन्न  
देह नजलेको कहिले पो छ´र

जिँउदो लास कसैले छुंदैनन्
देह नचलेको कहिले पो छ´र

अटुट आँखामा मोती रसाउँदा
देह नतलेको कहिले पो छ´र


झन्डा

देशको झन्डाको माया अति लाग्दो रहेछ,,

मती बिग्रिएकाहरु सती गएछन
झन्डा बोक्नेहरु सब गती परेछन!

रत्तिभर लाज नभएका नकचरा
उनै सांसदले हिजो अती गरेछन!

बाघ हुँं भन्नेको हेर पंक्षि चौकिदार
बेस्याका देख्नुभो लाखौं पती भएछन!
.......
मजदूर झन्डाको आज, लिलामी भो
कस्तोराज गुण्डाको आज सलामी भो

अचम्म मान्नु छैन यो देशमा अब
जस्तो मरेको हो उस्तैको मलामी भो

कुत्ताले पुच्छर होइन पुच्छरले कुत्ता
आज मालिक नै कुत्ताको गुलामी भो

गजल बिहानी हुनै छाड्यो

खैत आङ्गमा घाम,बिहानी हुनै छाड्यो 
कता गएछ राम, कहानी हुनै छाड्यो

पीडित पीडित नै, राहत त हरायो
सरकारको काम, जमानी हुनै छाड्यो

ब्रिद्ध नजर पनि, गिद्धे बन्ने नै भए
निकासी हुने दाम, चलानी हुनै छाड्यो  

चामल न दाउरा, लौन बुर्की बनायौ 
कसोरी पाक्ने माम, खरानी हुनै छाड्यो

युवा रित्तिए जहाँ, तहाँ बस्ति रित्तियो    
रित्तिए चारै धाम, सुहानी हुनै छाड्यो

    

Saturday, August 23, 2014

गजल सवाल

नसोध मलाई आज, गीत लेख्न जरुरी थियो
थिएन झूट आँखामा, जीत देख्न जरुरी थियो

दुबै अन्तरमन मा, पाकी पाकी कसोरी बाच्ने
जो कालो थियो मनमा प्रित फेक्न जरुरी थियो

थपिंदै थिए पर्खाल, मेटिंदै थिए रेखाहरु
नादान हाम्रा पर्खाल, रित मेट्न जरुरी थियो

सागर भन्दा गहिरा, हुनु पर्ने तिनै सम्बन्ध
तैरिंदै थिए त्यसैले, मित थेग्न जरुरी थियो

फरक कदम चाल्यौ, नबुझी जरुरी थियो र
आखिर किन देखाई, हित भेट्न जरुरी थियो


मित - सम्बन्ध,साहिनो


गजल - पूकार

बषन्तका सारा फूल टिपी, उन्न मन लाग्छ
आकाशका तारा जून साथ, घुम्न मन लाग्छ

कसले रोक्छ? छुन मलाई, शितल बिहानी
स्विकार छन् तिम्रा भूल सबै,चुम्न मन लाग्छ

जलेको छैन मन, कदापी, गोपिनी हजारौं
सागर त्यो हैन मूल एक चून्न मन लाग्छ

शहर मा होइन तटमा, जमूना नदि को 
गोधुली साँझका धूल सँगै, झुम्न मन लाग्छ

म राधा तिम्रो तिमी मेरो कालेकृष्ण मनै को
बासूरी को उहि धून सधैं, सुन्न मन लाग्छ !!

तिज

.....
मलाई दर खाने कर छैन
तिज मा नाचने रहर छैन ।

छ्ड्के तिलहरी र शिरफूल
के गर्ने पिउने, जहर छैन ।

बाजुरा सुर्खेत बाकेकी चेली
न´रोही रहेको, प्रहर छैन ।

शुनकोशिले बगाएन मलाई
जाने कहाँ कुनै शहर छैन ।

नगर्नु माइती तिजका कुरा
लिन आउने को लहर छैन ।

कहरले  भरिएको छाती´मा
तिज मा नाचने रहर छैन ।

मलाई दर खाने कर छैन !!!

Friday, August 22, 2014

के को दुख छ र भन्छु - गजल

घरै पोले खरानीको, के को दुख छ र भन्छु
खुला आकाश् सिरानीको के को दुख छ र भन्छु

लाखौं तारा एक्लो जून,नियालेर रात बित्दा  
आफै भन्नुस् बिहानीको के को दुख छ र भन्छु

आफ्नो भन्ने कोही छैनन् देवताको भर छैन
कोही किन रिसानीको के को दुख छ र भन्छु

पात कागज सित मशी कलम् छ हांगा बिंगा
गीत कथा कहानीको के को दुख छ र भन्छु

भेटेजती मान्छे लाई राम् राम् अनि सलाम छ
यसै बित्छ जिन्दगानी के को दुख छ र भन्छु



गजल - भाब पूरानै

मेरो घरको बाटो परे, फर्किएर जाउ है
पर बाट नजर जुधे, तर्किएर जाउ है

मेलापात साथीसंगी जम्काभेट होला पनि
बाटै छेकी रोकेर सोधे, झर्किएर जाउ है

दुईदिनको चोला भन्छन् एक्लै जिउन गाह्रो
आँखा लाउने देख्यौ भने, मर्किएर जाउ है

मेरो जिन्दगी भुले पनि दुलही बन्नै पर्छ
डोली सजाई लिन आए, लर्किएर जाउ है

तिम्रो जन्ती मेरो मलामी एउटै बाटो पर्ला
फूल अबिर कात्रो माथि,


छर्किएर जाउ है !!!

मायाका कुरा गजल

नगर भो काली बिन्ती मायाका कुरा
दुश्मन का गाली दाँया बायाका कुरा

हराउन देउ तिम्रो आँखा मा आज
दिपक त्यो बाली अनी छायाका कुरा

सपना देख्न चाहन्छु काखमा तिम्रो
मन्दिरको थाली कैरन् कायाका कुरा

शिरमा हात राखी सुम्सुम्याऊ सानु
तर्सन्छ श्री जाली काला सायाका कुरा

नगर भो काली बिन्ती मायाका कुरा
दुश्मन का गाली दाँया बायाका कुरा

गजल एकोहोरो सधैं

सुन्दिन भो तिम्रो गन्थन एकोहोरो सधैं
मथ्दिन भो प्यार मन्थन एकोहोरो सधैं

अहमताले भरिएको त्यो राम कहानी
भन्दिन भो कस्तो गन्गन एकोहोरो सधैं

घाइते छु समयको परिस्थिती कठिन
थप्दिन भो अर्को उल्झन एकोहोरो सधैं

दर्पण ले बताउं दैन लुकेका पिडाहरु
देख्दिन भो आफ्नै दुश्मन एकोहोरो सधैं

स्वतन्त्र छु गगनमा म उंड्छु माथि माथि
चाहिन्न भो त्यस्तो बन्धन एकोहोरो सधैं

--------

एस बि पौडेल ¨स्वतन्त्र¨
रामपुर चितवन 

गजल जिल्लाए पछी

डस्छ भन्ने बिर्सिएर, दुध पिलाए पछी
जानी जानी दुश्मन् सँग हात मिलाए पछी 

कस्को भलो हुने यहाँ मान्छे पिचास भए
आँफै धामी आँफै झाक्री पेशा दिलाए पछी

किन ढाक्थ्यो लाज त्यसै उस्कै इज्जत छैन
उध्रेको छ चोली भन्दा कच्चा सिलाए पछी

उल्झन् बल्झन् चक्र जस्तै सहनु पर्ने रै´छ
आँखा सामु सारा बस्ती आफ्नो बिलाए पछी

सरोकार वाला कता ? डलर खोज्न सायद
राहत् आयो आयो भन्दै जन्ता  जिल्लाए पछी 

डस्छ भन्ने बिर्सिएर, दुध पिलाए पछी
जानी जानी दुश्मन् सँग हात मिलाए पछी 

जन्ता (जनता)
..........................

जिल्लाए पछी  

Thursday, August 21, 2014

गजल टिप्दै छौ रे फूलहरु

पक्कै होनी मेरै लागि टिप्दै छौ रे फूलहरु
भबिश्यमा दोहोरिन्नन् भन्दै छौ रे भूलहरु

सांघु फड्को बगायो है भदौरेको भेल कस्तो
इँटा ढुङ्गा बटुलेर   थप्दै छौ रे पूलहरु

नभएको हैन मेरो छाती भित्र दुख्ने घाऊ
आँखा चिम्ली तिम्ले पनि भूल्दै छौ रे शूलहरु

जरुवाको जलै मिठो तिम्रो हात् को करुवा जो
हिजो जस्तै आज पनि खोज्दै छौ रे मूलहरु 

सोर्ह सृङ्गार मेरै निम्ती बाटेका चुल्ठी धागो 
दोबाटोमा पर्खि बस्दा छल्दै छौ रे धूलहरु

गजल भागेको छु जिन्दगीमा

दुई छाक टार्ने मेसो, मागेको छु जिन्दगीमा
भाग्दा भाग्दै धेरै टाढा भागेको छु जिन्दगीमा

सारा जग आफ्नै ठान्छु, एेन केन बाँचेको छु 
उस्कै निम्ती सारा रात जागेको छु जिन्दगीमा

कस्तो कस्तो खड्को मैले टारी सकें आजसम्म
साना तिना खाल्डाखुल्डी,नाघेको छु जिन्दगीमा

कस्को लागि सांच्नु अब ¨मरे पछी डुमै राजा¨
भो भो भनि अर्को जूनी भाकेको छु जिन्दगीमा

कस्ले देख्या छ´र यहाँ ¨पौडेल¨को दूर दशा
भाग्दा भाग्दै धेरै टाढा भागेको छु जिन्दगीमा

कोशिस गजल

छन्द:- चाजिरिप (हिमाल) (६ अक्षरमा विश्राम)
कोशिस गजल
हाम्रा लहर जो, ति कता गए
राम्रा नजर जो, ति कता गए

उड्थ्यो गगनमा मन त्यो सधैं 
खूला सगर जो, ति कता गए

ढाक्यो पवन ले लहना सरि
मीठा खबर जो, ति कता गए

रोज्यौ पलकमा, सपना कती
भुल्यौ रहर जो, ति कता गए

मेरो अमन त्यो,कसरी कहाँ
लाली अधर जो, ति कता गए 

लौ तिज आएछ!

आङ्गै चिलाउने तिज आएछ
ह्वाँग्गै सिलाउने तिज आएछ

नाच्दा नाच्दै स्या स्या स्या
के´हो बिलाउने तिज आएछ

न लट्टे न खिर बफे सिस्टम
टन्न खिलाउने तिज आएछ 

टुप्पिमा जुम्रा च्यातिएका झुम्रा
कस्तो मिलाउने तिज आएछ

छिर्किनी खेलने आँगन् छैनन्
प्याला पिलाउने तिज आएछ

(जस्तो देखें जस्तो सुनें)

बन्दुक बोक्नु पर्छ !

यस्तै हुँदै गयो भने बन्दुक बोक्नु पर्छ
राम यदि रावण भए गोली ठोक्नु पर्छ

भाई फुटे गँवार लुट्छन्, हे नेपाली हो
सरकार छैन देशमा सिमाना तोक्नु पर्छ

पूर्वपश्चिम पर्खाल बांधौ इँट बोकी आउ
गोर्खाली का छोरा हौं दुश्मन रोक्नु पर्छ

घर बाहिर घर भित्र दुश्मनकै तांती हेर
परिआए लौ यो देशमा रगत पोख्नु पर्छ

सहनुको सिमा हुन्छ धैर्यताको बांध टुट्छ
यस्तै हुँदै गयो भने बन्दुक बोक्नु पर्छ

गजल साथ चुकाउनेहरु को

कति गर्ने उनकै कुरा, बात लुकाउनेहरु को
हांसी हांसी रंगिन सारा रात दुखाउनेहरु को 

इर्श्या मोह लालच सबै मेरा पनि हुन्थे भने
लिने थिन सपथ तारा घात फुकाउनेहरु को

आंसू केहो कसरी बग्छ हिजोसम्म था´थेन
छक्क पर्छु हेर्नुस पारा साथ चुकाउनेहरु को

भुलूंभन्छु बिर्सन धौभो अतितको यादमा जल्दा 
कस्तो दैब पिरती मारा मात सुकाउनेहरु को

हदै नाघे आफन्त पनि गला रेट्न जाउँ जस्तो
मतलबी मान्छे´को दारा जात झुकाउनेहरु को

Wednesday, August 20, 2014

गजल तनाब भयो जीवन

ब्रान्डेड लेवल टांसिएको सराब भयो जीवन
सराब पिउदा नासिएको खराब भयो जीवन

नभएर के´भो साथी कसलाई पुग्या छ´र
हेर्नस् पातलोमा ताछिएको अभाब भयो जीवन

कोलाहल् र क्रन्दन´ले भरिएको शहर मा
समाचार सँगै लादिएको तनाब भयो जीवन

जाल झेल सिकाउने बिद्ध्यालय वर परै 
कम्सल डोरिमा गांसिएको धराप भयो जीवन

प्रतिपक्ष सधैं भरि उल्टो बाटो रोज्ने यहाँ 
दलदल् पहिरो भासिएको बगाब भयो जीवन

गजल पत्याउंदिन

आजभोलि अन्त कतै फुल्यौ अरे पत्याउंदिन
बेहोशि´मा जता ततै झुल्यौ अरे पत्याउंदिन 

अङ्गालो मेरो बिझायो कि नभनी उठी भाग्यौ 
कोठा चोटा छत छतै डुल्यौ अरे पत्याउंदिन

लजालु ति तिम्रा बानी मेरा लागि लाखौं थिए
बैरी सँग बिना सित्तै खुल्यौ अरे पत्याउंदिन

तिम्रै मन ढुक्ढुकिमा¨आफन्त¨को डेरा थियो
बाटो बिर्सि ऊतै ऊतै भुल्यौ अरे पत्याउंदिन

आजभोलि अन्त कतै फुल्यौ अरे  पत्याउंदिन 
बेहोशि´मा जता ततै झुल्यौ अरे पत्याउंदिन  !!

म हार्न तयार छु

कबिता
.........................
हो मैले हारेको हुँं
के जित्यौ त
जित्नु र हार्नु नै त
युद्ध हो भन्दा मैले
नारा लगाएको होइनौ तिमीले,
किन चुपचाप छौ आज,
त्यो जित आज तिम्रो
असैह्य पिडा बनेको छ।
किन कि मैले हार स्विकारेको थिएं
तिमीले जितमा उद्धन्ड देखायौ
जितले तिमीलाई पोलेको छ
डसेको छ घोचेको छ,,
कहाँ गए तिम्रा हस्ती खेलाडिहरु
आज तिमीलाई त्यही मैदान सांघुरो भयो हैन?
जुन मैदान तिम्रो रङ्ग भूमी थियो
रणभूमी थियो,,
नाच्ने नचाउने आँगन थियो,,

तिमी सँग दस्ता थियो
दस्ताबेज थिए,
लाखौं हात थिए हतियार थिए
म सँग के थियो ?
केही थिएन म सँग,
त्यसैले त जित्यौ,
म हारें,हो मैले हारेकै हो
तिम्रो जितको बिरोध गरेको छैन मैले
केबल सोध्दै छु आज,
कि देखाउ के जित्यौ?

मुर्दा शान्तीलाई म शान्ती मान्दिन
मान्छेलाई म शत्रु मान्दिन
घर पोलेर खरानी बिक्री गर्ने तिम्रो
कायरतालाई पनि म बुद्धिमान मान्दिन
भने भन कुन जितमा बुर्लुक बुर्लुक थियौ,,
कसैले नबुझेको तिम्रो जित
भन, बुझाउन सक्छौ?

हिजो तिमीले जित्यौ,हारेर
कस्तो बिडम्बना हो
न मैले हारें न हराएं
तर ठुलै छलाङ्ग मारे झै
जात्रा नै गर्यौ नि,,
खै त त्यो लावा लस्कर आज
क्रुरताको खेल खेल्यौ

आज एक अनुरोध छ
अर्को युद्ध को शन्खघोस् नगर
हैरान छन् मान्छे थकित छन्
म थकित छु सारा दुनियाँ थकित छन्
तिम्रो युद्ध सँग मात्र होइन
तिम्रा मार्गहरु सँग
तिम्रा बिचारहरु सँग
भो पैठेजोरी नखोजे हुन्छ
तिम्रो दाल गल्दैन अब
तिम्रा नाल चल्दैन अब
न तिम्रा मुठिहरु नै कसिन्छन्
अपाहिस छौ बुझ्यौ
न तिमी परेड नै खेल्न सक्छौ 
मैदानमा बस्ती बसी सक्यो

आउ अर्को आयाम कोरौ
अर्को सुनौलो गन्तब्य सँगै
यात्राको थालनी गरौ
फेरी अबश्य जित हुने छ तिम्रो
म हार्न तयार छु। 
............

४ भदौ २०७१
सान सेबास्टिअन
स्पेन

शहरमा कहर छ



शहरमा कहर छ
बहरमा रहर छ
त्रिषित हुँं म हजुर 
डगरमा बगर छ
प्रहर प्रहरमा प्रहार
सताउनेको लहर छ
अर्काको हातमा एक्का र बास्सा
मेरो हातमा दहर छ
परिस्थिती नै यस्तै यहाँ
मरने डर बाच्नु पर्ने कर छ
आफ्नो भन्ने यो दुनियाँमा
एउटा नाम र थर छ
माथि भिर तल खाडल
अगाडि त जहर छ
तर नमर्ने रहर छ
बहरमा रहर छ,,
रहरमा रहर छ,,
,.,.,.,,,,,,,,,,.,.,.,

दिउँसो नभै घाम अस्ताउँदै छ 
रावण नभै राम चस्काउँदै छ 
दुनियाँ निदाएका छैनन आज 
न्वारान नभै नाम झस्काउँदै छ !
-----------------------------
 ह्वारह्वार् ति जलें म न धुवा न आगो 
टन् टन् ति कसिएं म न रुवा न धागो !

Tuesday, August 19, 2014

गजल

सकिन हो साथी सकिन छोड्नलाई सकिन
मधुशाला जाने त्यो बाटो मोड्नलाई सकिन !

सपना छरेको थिएं, सुसुप्त मै आशाहरु
टुसाउनै बिर्सिए की खै गोड्नलाई सकिन !

असंख्य कुरुती र रिती चाहेरै पनि मैले
कस्तो हो यो बाध्यता कुन्नी तोड्नलाई सकिन !

लुटेर चुटेर फुटेर गएका आफन्त ति
बोलाई बोलाई सम्बन्ध जोड्नलाई सकिन!

कसले भन्ने कठै यहाँ सबै उस्तै लाग्छन
माथिको तानेर आकाश ओढ्नलाई सकिन !
,.,.,.,.,.,.,.,.,.,
अगस्ट १९ मंगलबार २०१४
उर्देसिया पाइस भास्को स्पेन
११:३० बिहान
(भाइ रामु कंडेलको निवास)
 

Sunday, August 17, 2014

गजल डुबि रहुं तिनै नयन् तालमा

निस्चल नयन तिम्रा गाजल कोरेका
माधूर्य त्यस्तै चन्द्रमा ओझल परेका

मुस्कान छरने लाली ओठहरु हेर्छु  
ललाटमा केश झनै बादल झरेका 

चाहना कस्तो नजाती मात बढाउने
लाग्दैछ परीले तिम्रा आँचल चोरेका

चमक गालको बयान गर्दिन आज 
ताराले सृङ्गार मोती चँचल छरेका  

डुबि रहुं तिनै नयन् तालमा सदैब
परेलीका डिल सारा काजल भरेका


Saturday, August 16, 2014

गजल राहत पुगेन भन्छन्

बिमारी भयो सरकार ताकत पुगेन भन्छन्
पुग्नु पर्ने ठाउँमा अझै राहत पुगेन भन्छन्!

हेर ठुलाबढा पालैपालो जापान अनि बैंकक 
६०१ चाँही अझै पनि लागत पुगेन भन्छन्!

प्रशासन झनै असक्त छ बैसाखी भांचिएको
गोजी छाम्दै बुझ्नु न कागत पुगेन भन्छन्!

नेपाल टुक्र्याउनै पर्छ भन्दा ताली पिट्नेहरु
राष्ट्रले हामी लाई हेर्ने चाहत पुगेन भन्छन्!

बिमारी भयो सरकार ताकत पुगेन भन्छन्
पुग्नु पर्ने ठाउँमा अझै राहत पुगेन भन्छन्!

Friday, August 15, 2014

गजल मातका कुरा

भट्टि नछिर्नेले किन गर्छौ मातका कुरा 
कर्म नभिर्नेले ब्यर्थै गर्छौ जातका कुरा

बिहान के हो साँझ के हो नसोध मलाई
ऊषा नचिर्नेले सधैं गर्छौ रातका कुरा

आजित भएको मन थकित छ बेसोरी
बाँकी नतिर्नेले फेरी गर्छौ घातका कुरा

नछांट भो कृष्ण सुदामाका कथा तिमीले 
हिजो नफिर्नेले आज गर्छौ साथका कुरा

भनेर हुन्छ आज त मजाले मातिन्छ
भट्टि नछिर्नेले किन गर्छौ मातका कुरा

रुवायो साथी / धून पठाई देउ !

---------------------------
औन्शी बिनै अँध्यारो भो जून पठाई देउ
पश्चिम´मा लौ गाह्रो भो नून पठाई देउ !

प्रक्रिती´ले ठग्न थाल्यो नेता भए ठगाहा
चुसि सके नेपाली को भो खून पठाई देउ !


क्रन्दन् र रुवाइको माहोल बढ्दै गयो
पिडा दु:ख बिर्सन भो धून पठाई देउ !

भुटुन चामलमा नाकको फुली बेचियो
हाम्रो त लंका टाढा भो सून पठाई देउ

बैगुनीले लुकाई छुरा प्रहार गर्न थाले
दिउँला पैन्चो थोरै भो गून पठाई देउ 

-----------------------
घर माथिको, पहिरोले रुवायो साथी
खै कस्तो यो कुहिरोले रुवायो साथी !

रुन त बिधाताले नै लेखेको रहेछ कि
घाऊ छातीको गहिरोले रुवायो साथी !

आफु वल्लो किनारमा बाँकी सबै पल्लो 
लौन नक्कली बहिरोले रुवायो साथी !

Thursday, August 14, 2014

म शिक्षक हुँं


म प्रेम हुँं,,, प्रकाश हुँं
किन कि
म एक शिक्षक हुँं
शिक्षाको बगानमा
माया रोप्छु,, स्नेह छर्छु
र फुलाउछु
ज्योतिका मुनाहरु।
म कबि होइन
कोरा कल्पनामा शब्दहरु छर्ने
म आँफै कबिता हुँं
उज्यालोको दिप शिखा जस्तै
आँफै जलेर उज्यालो छर्ने
अक्षरहरुका,,क ख ग
म शिक्षक हुँं
त्यसैले त म थाक्दिन
बोझ लाग्दैनन् मलाई
अपरिहार्य जीवनका किताबहरु
बन्दुक होइनन् मेरा
चक(खरी)म्याग्जिन होइनन् डस्टरहरु
मास्टर हुँं सिलाउने
गुरु हुँं म सिकाउने,

नसोध मलाई
कि तिमीले के सिकें भनेर
भन मैले के सिकाइन तिमीलाई,
म माली हुँं,,पाले हुँं
सिन्चित गर्छु चौकिदार गर्छु,
तिम्रा कोमल औलाहरुमा
कलम थाम्न सिकाउने
अभिभावक हुँं म,

म तिमी सँग रमाउने पुतली हुँं
किन कि तिमी मेरो बगानको फूल
कोमल छौ नरम छौ माटो जस्तै
त्यसैले त म कुमाले हुँं
आकार दिन्छु जीवनको
निराकार जिन्दगीमा,,
जुनाकिरी हुँं म तिम्रो
अन्धकारमा,पछ्याउ मलाई
अनन्त अनन्त
सत्यताको गोरेटाहरुमा
किन कि म शिक्षक हुँं

आधार दिन्छु तिमीलाई
तिम्रो सत्कार बटुल्दै
डोर्याउन चाहन्छु समातेर
असंख्य कलीला हातहरु
म जून हुँं, बुझ्यौ
बादल लाई छिचोल्दै निस्कने
तिमीहरु उषा हौ,,लाली हौ
किरण हौ,, ताप हौ,,
तिमीहरु मेरा बिद्यार्थी हौ
साथी हौ,,भाई हौ बहिनी हौ
म तिमीहरुको शिक्षक हुँं

शिक्षक आखिर
जिन्दगीको लक्ष्य हो मेरो
सिक्छु,,, सिकाउछु
पढाउछु पढ्छु आँफै पनि
म अझै बिद्ध्यार्थी हुँं
जिन्दगीको पाठशालामा,
किन कि सकिदैन
यो सिलसिला सिक्ने र सिकाउने को,,

म तिम्रो गुरु हुँं
तिमी मेरा अबोध मित्र,
थाहा छ तिमीलाई,
मैले कती धेरै सिके
तिमीलाई सिकाउँदा,,
त्यसैले तिमी मेरा मित्र हौ
म पनि तिम्रो मित्र हुँं,,

मेट्नु पर्छ रेखाहरु
जसले तिमी र म बिच
ध्रुविकरण गर्दैछ
पुर्नु पर्छ खाडलहरु
जहाँ हाम्रो र हामी बिचको
धरातल बिगारदै छ।

आउ हातेमालो गर्दै अघी बढौँ
यो मितब्ययिताको सिलसिला
सिकौं र सिकाऔं
म शिक्षक हुँं
तिमी मेरो मित्र !
-.-.-.-.-.-.-.-.-.-.
प्रेम प्रकाश पौडेल
प रामपुर चितवन 

केही शेरहरु

आफन्तका
----------------
त्यो झरीमा रुझीरुझी कसलाई पर्ख्यौ सानु
शुशेलेर बोलाँउदा किन, यतै फर्क्यौ सानु

छाता घरमै भुलें सँगै, ओतलाग्न आउँ है
यती मात्र सोधेको थिएँ किन झर्क्यौ सानु

रिसाए´नी झर्किए नि खै रुझ्न मनै लागेन
नजिक आउँदा झस्किएर अझै तर्क्यौ सानु                               the photo has taken by Shuvash Shrestha Ktm
--------------
भित्री मनको मेरो शान्ती हरायो
खोज्दैछु मुहारको कान्ती हरायो!!
---------------------
सिरानी तिमीलाई अङ्गालो मेरो
रूमानी तिमीलाई सङ्गालो मेरो

बषन्त बहार, सारा खुशी तिम्रा
बिहानी तिमीलाई भङ्गालो मेरो 
-----------------------------

निस्चल नयनमा हराउछु म
रात सपनीमा ब´र्बराउछु म
सम्झेर हरपल स्वदेशमा छौ
तस्बिर हेरेर सधैं कराउछु म
,............................................
बगेको पानी सुक्दो रै´छ हजुर 
चर्किदा छाती दुख्दो रै´छ हजुर 
तर्किएकाहरु नफर्किए पछि 
आसुँ र पिडा लुक्दो रै´छ हजुर!!

केही हाइकु (झरी)


रुवायो अति
झरी नै बेईमानि
डुबायो सारा!

मायालु जस्तै
भए नि नभए नि
दुखायो मात्र!

त्रासै त्रासको
दिन र रातहरु
कस्तो बाध्यता!

खडेरी त्यस्तै
रुवाउने होड्बाजी
झरी आजको!

निस्कन्न भै´गो
बन्द कोठा बाट म
हाइकु साथी!

Wednesday, August 13, 2014

गजल नसोध चस्काउंछ तिम्रा बोलिहरुले

नसोध चस्काउंछ तिम्रा बोलिहरुले
कसोरी झस्काउंछ तिम्रा भोलिहरुले

जहाँ जसरी छु आज हालत मेरै हुन
बेसोरी खस्काउंछ तिम्रा गोलिहरुले

रुवाउँछ हसाउँछ सताउँछ घरी घरि
सम्झना पस्काउंछ तिम्रा चोलिहरुले  

पञ्चेबाजा बिरसिलो भोज भतेर जान्न
छुरी´नै धस्काउंछ तिम्रा डोलिहरुले

चर्या´उंछ पोल्छ नुन चूक नछर है  
नसोध चस्काउंछ तिम्रा बोलिहरुले

गजल भुल्यौं कि

गजल भुल्यौं कि

सात समून्द्र पारी बाट आउन भुल्यौं कि
मेला पात रोधी घरमा गाउन भुल्यौं कि

सिंम्हमरमर मा चिप्लिएर चिम्नी हेर्दै
ओत लाग्ने छानो खरले छाउन भुल्यौं कि

च्वाइयँ रोटी बिर्सिएर दुरुम कबाबले
झिरले झिक्ने सेल रोटी दाउन भुल्यौं कि

खुर्पेटो र नाम्ली बोकी स्याउला बाख्रालाई 
घैला बोकी पानी पँधेरो धाउन भुल्यौं कि

सात समून्द्र पारी बाट आउन भुल्यौं कि
मेला पात रोधी घरमा गाउन भुल्यौं कि

.....,..,.,.,.,.

दाउन - दाउन् सेल रोटी बनाउदा पिठोमा मिसाइने घ्यू

यो जिन्दगी मा

कसोरी फूल्ने खै, यो जिन्दगी मा 
को सँग डुल्ने हो, यो जिन्दगी मा

आउने र जाने, याद सताउने 
कस्लाई भुल्ने लौ यो जिन्दगी मा

स संकित छन् , मन् मुहारहरु
भनन खुल्ने र, यो जिन्दगी मा

भो पिउँदिन म भूल्न लाई याद
कती पो झूल्ने हौ,यो जिन्दगी मा 

इन्द्रेणी का रङ्ग सोर्हेर कुचिले
चाहना घुल्ने नै, यो जिन्दगी मा



गजल संघियता जस्तै

बिभाजित छु म संघियता जस्तै
हो खंडित छु म संघियता जस्तै

राम राज्यको म अधिराज्य हैन
बि´खंडित छु म संघियता जस्तै

जात धर्म सिमा अनौठो सुन्दामा
खै त्रसित छु म संघियता जस्तै

नाम बद्´नाम भै´सके सबैका याँ
दिग् भ्रमित छु म संघियता जस्तै

बिजय को मैदान मा किन होला
प´राजित छु म संघियता जस्तै

गित नशा यो संगित

नशा यो संगित को छोड्न सकिन
नाता तिमी सँग को तोड्न सकिन

पुराना यादहरुमा कबिता कोर्दैछु म
तानपुराका धून अन्त जोड्न सकिन

सारेगम मा नै मन रमाउन थाल्यो
सूर ताल बाहेक मन मोड्न सकिन

बजाउन जाने बज्छ मादल साथी हो
थोत्रा भए भन्दैमा सारा फोड्न सकिन

नशा यो संगित को छोड्न सकिन

3 sher +


सकेर होइन, नसकी, नसकी, पिएको छु
जानेर होइन, नजानी, नजानी जिएको छु

उद्रिएको मेरो छाती हजुर आसुँ रोकिन्नन्
शब्दको सियो र शब्दकै धागोले सिएको छु
 
कहीँ कतै,पोखिन सक्लान्,सम्हाली देउ है
भनेर होइन यो जिम्मा नभनी दिएको छु
 
-------------
सागरमा मुसलधारे, झरिको अर्थ के रह्यो
छुन नसकिने आखिर परिको अर्थ के रह्यो

न घर न घोस्ला चारा टिप्दै उड्नेहरु यहाँ
निशानामा पारीने त्यो चरीको अर्थ के रह्यो 
-------
नुन नछर्किय, उसै त छाती पोलिरहेछ
बिन्ती नझर्किय यसै त छाती पोलिरहेछ

भरोशा छैन भन्छन जिन्दगी बाचुंजेल हो
भन्छु नतर्किय त्यसै त छाती पोलिरहेछ

रहर होस चाहे बाध्यता एक्लै बांचे पछि
सक्छौ नफर्किय जसै त छाती पोलिरहेछ

Monday, August 11, 2014

एउटा कुरो गजल

बहिरो हुन पाएको भए, सुन्न पर्दैनथ्यो 
अन्धो साएद भएको भए देख्न पर्दैनथ्यो

बहकिने मनको बह गीत र कबितामा 
यि औंलाहरु कुँजेका भए लेख्न पर्दैनथ्यो

बोलेर खबर-दारी गर्दा नसुन्ने को भिड
बरु म लाटो बनेको भए बोल्न पर्दैनथ्यो

पापी पेट´कै सवाल हो´नी भौतारिदै यहाँ
मान्छे भएर जन्मेको भए भुक्न पर्दैनथ्यो

नसोचेको हुँदै गए पछि आफ्नै जिन्दगीमा
धर्तिमा नै नजन्मेको भए भोग्न पर्दैनथ्यो

Saturday, August 9, 2014

गजल जाली हो आखिर मन बुनेर राख


सम्हाल्न नसके, मन थुनेर राख 
जाली हो आखिर मन बुनेर राख

सप्त रङ्गी बगैचामा अनेक छन् 
सुटूक्क टिपेर , मन ऊनेर राख 

बहकिन्छ भन्छन् आजभोलि कतै 
त्यसैले भन्दैछु, मन चुनेर राख 

पोखिएला कतै, शब्द किताबमा 
मन मन´मा नै, मन गुनेर राख 

छैनन् अदालत, उजुरी दिने लौ 
हराउला ल´है, मन थुनेर राख 

सम्हाल्न नसके, मन थुनेर राख !

कबिता ! उनी मेरी हुन्

उनी मेरी हुन्
हो, उनी मेरी हुन्
खुला गगनको छत्र छायामा
हुर्कदै छिन् , हुर्काउदै छु म
कुपोषण र निमोनियाले ग्रसित छिन्
औषधोपचारमा मग्न छु म,
ताप सेकले तङ्ग्राउदै छु म

हो उनी मेरो मनमा बस्छिन
मुटुमा राज गर्छिन
आँखामा बास बसेर
ओठ र सुस्केरा सङ्गै बग्छिन
शब्द शब्दमा रुन्छिन
देश परिबेश सँग भक्कानिन्छिन्

मेरी उनिलाई सृङ्गार मन पर्दैन
बिम्ब र भाब बाट टाढै बस्छिन
यथार्थता र वास्तविकता सँग
सिङ्गौरी खेल्छिन
स्पस्ट छिन् र रुखी छिन्

हो त्यसैले त उनी मेरी हुन,,
काडामा डौडिन्छिन परे
आशुमा पौडिन्छिन
क्रन्दन र आर्तनादमा
पछारिन्छिन् ,,उठ्छिन्
ताते ताते बामे सर्दैछिन्
सेता जीवनका पन्नाहरुमा
काला पाइतालाका डोब छाड्दै

म धेरै माया गर्छु
मेरी उनिलाई
म सँगै गुनगुनाउछिन
आबेग र इर्श्यामा
भुनभुनाउछिन पनि
तहस नहस हुँदा माहोल
क्रान्ति खोज्छिन्
शान्तिको दिप बाल्छिन्

हो उनी म सँग नै छिन्
तर एक्ली छिन् भाबुक छिन्
पलपल मुर्छित हुन्छिन्
नदेखिने पिडा लुकेको छ क्यार
उनको मन मुटुमा
असंख्य धर्साहरु कोरिएका छन्
कमजोर छातीमा,

पृथक छिन् अरु भन्दा धेरै
त्यसैले त उनी मेरी हुन
म उनलाई चाहन्छु
उनलाई नै ब्यक्त गर्न चाहन्छु
उनी सँगै पोखिन चाहन्छु
आरोह अबरोह छिचोल्दै बग्न चाहन्छु,,

हो उनी मेरो साथी हुन
प्रियशी हुन,,जीवन हुन
उनी मेरी फूल होइन
बगान हुन, जून होइनन्
आकाश हुन,,धूल होइनन्
धर्ती हुन ,,यती थाहा छ
बस उनी मेरी हुन,,

उनी मेरी गीत हुन,
भाका,लय,धून हुन
अन्कुराउदै गरेकी बिऊ हुन,
सजाउन चाहन्छु म उनिलाई
आकाश भरी तारा सँगै
सारा धरोहरहरुका भित्तामा
कुची र क्यानभासमा
कबिहरुको कलमको नीबमा

हो उनी मेरी हुन
मेरी सपना अनी बिपना हुन
सम्झना कल्पना हुन,,
कोरा लाग्लिन जो कोहिलाई
तर पूर्ण हुँदैछिन,,फक्रदै छिन् उनी
शब्दका लालित्यहरुमा
दुर्गामी सोच बोकेर हिदैछिन् 

हरफहरुमा हुन्छिन
अनुछ्छेद्मा  रमाउछिन
कटुता र सत्यबादी छिन् उनी
छर्लङ छिन् उनी
पारदर्शी एेना जस्तै

हो उनी नै मेरी हुन
म नै उनको हुँं

हो,ठीक भन्नु भयो
सही सोच्नु भयो
उनी मेरी कबिता हुन्
म उनको अक्षर,,,शब्द

उनी मेरी कबिता हुन् ।।

जय कबिता
...............

श्रीभक्त पौडेल ¨आफन्त¨
प रामपुर चितवन


































 

Friday, August 8, 2014

गजल .... खेल्नु छैन लुकामारी

गजल
...........

खेल्नु छैन लुकामारी भो मायाको बगानमा
झेल्नु छैन फेरी फेरी यो प्रितको थकानमा

नदेखाउ चिची पापा भुल्ने छैन आईन्दा म
जेल्नु छैन आँधि बेरी बेवफा को दुकानमा

धूजा धूजा बनायौ मेरो नम्बरी नोट लाई
बेल्नु छैन पापड फेरी प्रेम को लगानमा 

जलेको देखेँ गलेको देखेँ ईश्क´का पारखी
पेल्नु छैन ढुङ्गा सरी अतितको दुखानमा

भैगोभैगो झ्यालढोका बन्द भए तिम्रालागि
हेल्नु छैन घरी घरी आफन्तको मकानमा
.................

हेल्नु (हेलिनु,,तिम्रो लागि म खोलामा हेलिनु छैन) 

फिर्ता देउ मेरा सपनाहरु

फिर्ता देउ मेरा सपनाहरु
------------------
फिर्ता देउ मेरा सपनाहरु
जुन मैले तिमीलाई दिएको थिए
कोमल अङालोमा
मलमलका बिछ्यौनाहरुमा
हररात तिमीले माग्थ्यौ
मैले माला उनेर दिने गरेका
मेरा मिठा सपनाहरु
हो आज फिर्ता देउ
ति सारा सपनाहरु

तिम्रो कुनै अधिकार थिएनन्
क्षत बिक्षत पार्ने मेरा सपनाहरु
तिम्रा सपना अङ्गिकार गर्छु भन्दै
लगेका मेरा सपनाहरु लाई,
अहिले हत्या गर्दै छौ,,

मेरो कौमार्यताले पुगेन र तिमीलाई?
मेरा सपनाहरु सुसुप्तमा नै
निचोर्दै छौ घाटी थिच्दै छौ,,
बिन्ती देउ मेरा सग्ला सपनाहरु,,

फिर्ता देउ मेरा सपनाहरु

मैले मेरो अस्मिता मागेको छैन
जुन तिमीले भोगेका थियौ,लुटेका थियौ
मेरो जीवनका यौवनका बहार मागेको छैन
जहाँ तिमीले आगो सल्काएका थियौ
मागेको छु त केबल मेरा सपनाहरु
केही मागेर दिए
केही चुडेर लग्यौ
आखिर सारा सपनाहरु तिमीले लग्यौ
म रित्तो छु,,खाली खाली छु
न सिउदो न हत्केला
रङ्गिन नै छन्,,सपना सँगै
भताभुङ्ग पारेर गयौ,,
हामी बिच कहिल्यै नमेटिने
लक्षमण रेखा पनि कोरेर गयौ

तर,, तर फिर्ता देउ
मेरा रङ्गिन सपनाहरु
किन कि यादहरुले
रुवाउदै छन् आजभोलि मलाई
हिजो सँगै सपना बुन्दै गरेका यादहरुले
दोश दिन्न मलाई,,
आफ्नै नरोकिएको जोवनको गतिलाई 
दोश दिन्छु तर तर
फिर्ता देउ
मेरा स्वप्निल संसारका
ति प्रहरहरु ति रहरहरु

मलाई
द्रौपदी बनायौ
दरबारियाको मेहफिलमा
सिता बनायौ
अग्निमा होमेर

खपे सारा पिडाहरु
तर आज मलाई जिउन गाह्रो भयो
मेरा सपनाहरु बिना
त्यसैले मलाई फिर्ता देउ
मेरा सपनाहरु !
.................

श्रीभक्त पौडेल¨आफन्त¨
रामपुर चितवन






 

म बुख्याचाँ


कबिता 
 ................
कोही केही नसोध मलाई
कुनै सवालहरु
म थकित छु
जवाफहरु खोज्दा खोज्दै,,
हृदयका कुनामा अड्किएका,
लाखौं सवालहरु छन्
म उत्तर दिन नसकेर नाजवाफ छु
शर्मित छु आँफै,त्यसैले भन्छु
नसोध मलाई सवालहरु,,

जिन्दगीका पूर्वार्द र उत्तरार्दका
सोधिएका छन् सवालहरु
के किन कसको लागि
कुन कसरी कहिले
बस सवाल यही नै हुन्
पहिलो सवाल छ
तँ को होस्?
हो,म को हुँं
आखिर को हुँं त म?
म यस लौकिक अलौकिक
पृथ्विमा के गर्दै छु?
आँफै नतमस्तक छु
लाचार छु,,
न म बिद्रोह गर्न सक्छु
न म चुप नै बस्न सक्छु।

हो त्यसैले भन्छु
नसोध मलाई कुनै सवालहरु,,
जीवनका सवालहरु
मृत्‍यु परान्तका सवालहरु
बाच्नुको सार्थकता
बाचेको यथार्थता ,,
अकाट्य छन् सवालहरु
एकाध छाडेर वास्तविक छन् ।

आधारहिन जीवनका रहश्य
बिचाराधिन हुँदै गर्दा
माथिङलमा सवाली झटारोको बर्षा हुन्छन्
रोग शोक भोक
पापी पेट भित्रका सवालहरु
लोभ मोह इर्श्या
कहिल्यै नअघाउने
मान्छे रुपी अर्धचेत
बुख्याँचाले नै सोध्दै छन्
सवालहरु,,
त्यसैले नसोध मलाई 

आकाश र धर्ती
धर्ती र क्षितिज
कसरी बताऊ के र कस्तो छ
सम्बन्ध,,
जीवन र मृत्‍यु
मृत्‍यु र आत्मा
कसले देखेको छ र?
त्यो सम्बन्ध
भोगेका ले त छाडेर जान्छन्
आखिर म पनि त
तिमी जस्तै
बुख्याँचा नै हुँं नि
ठिङरिङ्ग छु
धर्तिको बोझ बनेर
बुख्याँचै बुख्याँचाको भिडमा।

अन्धाहरुले हात्ती भेटेको लोक कथाको
एक अन्धा नै हुँं म पनि
भोगाइ र महशुसले मात्र
बग्रेल्ती सवालका जवाफ छैनन्
म सँग,,

प्रकृति र परिवर्तन  
परिवर्तन र समाज
समाज र हामी
बिचको परिभाषा
नमन गर्न म सक्दिन
बमन गर्न म सक्दिन

त्यसैले नतेर्स्याउ
सवालका भाटाहरु
म फड्किन सक्दिन।
सवालै सवालको पहाड
बोकेर बाचेको बुख्याँचा
हुँ म पनि

बोझ छ छातीमा
बाच्नु पिडाको !!

...........
श्रीभक्त पौडेल ¨आफन्त¨
चितवन रामपुर  

Thursday, August 7, 2014

मन्दिर धाएँ आज

छैन विश्वाश भन्दा भन्दै, मन्दिर धाएँ आज
जे लेखिएको थियो आफ्नो तक्दिर पाएँ आज

अहंकार हैन स्तूति , सुने हुन्थ्यो ईश्वरले
यो छातीमा ईश्वर तिम्रै, तस्बिर छाएँ आज

खै के लेखेथ्यो भाबिले मेट्न मिले मेट्थे आँफै
दैब कै प्रांगणमा कोरी लकिर आएँ आज

लेखा जोखा जिन्दगीको मेरा कर्म पक्कै हैन
दुस्साहस आखिर बनि फकिर खाएँ आज

नास्तिक भन्छन् आफन्तलाई किन दुनियाँले
फरियाद रुपि भजन, गम्भिर गाएँ आज

बेचैन

बहकिन्छ भन्थे मन तर, किन एक तमासले बेचैन छ,
कतै अल कायदा कतै माओ´दी कतै हमासले बेचैन छ ।

नत मस्तक भएको छ, नसोचेका परिवर्तन देखेर ऊ,
आजको एक भिकारी हिजोका ती सयौं फुर्मासले बेचैन छ । 

छैन भन्छ भगवान पनि मन्दिर सामु निहुरिएर आँफै  
सिन्धुपाल्चोकमा जुरेको सुनकोशीको बिनाशले बेचैन छ ।

अन्धकार मात्र देख्छ देख्दैन एकधुर्को उज्यालो पनि किन 
दुलही भित्रा´कै साल, पुरुसोत्तम मलमासले बेचैन छ ।

जिन्दगीका हिसाबकिताब नमिलेकै हुन् सायद आफन्तका
ह्र्स्व दिर्घ जिन्दगीका बर्तमान बिग्रह समासले बेचैन छ ।

Friday, August 1, 2014

गाई-जात्रा बिशेष

 गजल
देशलाई मागी खाने भाँडो बनायौ
संघियता आखिरमा घाँडो बनायौ

गास बास कपास नारामा सिमित
त्यो भाषणै भाषणको फाँडो बनायौ

पुरानो घाऊ खिल बल्झिएको थियो
उपचार गर्छु भन्दै काँडो बनायौ

भर्याङ्ग बनायौ देश डुङ्गा बनायौ
काम सकिए पछीको ठाँडो बनायौ

सगरमाथाको देश हो भन्न नै सजिलो
समथर तराई थियो डाँडो बनायौ

रमाइलो,,चलन छ

आगो निभ्यो यो छातीमा चर्कने जलन छ
मध्यरातमा घ्यू तेल छर्कने चलन छ

मनसुन को पनि आखिर के भर भो र
बेमौषम कार्तिकमा दर्कने चलन छ

रहदा छंदा गेडी ती सबै आफ्नै लाग्छन
नहुंदा त रिस्तेदार तर्कने चलन छ

जन्मिदै तीन पाते रे आधुनिक भनौदा
अलमल्ल बाटो सोद्धा झर्कने चलन छ

उन्माद बैंश मातेको बेला देख्न पाईन्छ
बाटो काटेका को पनि फर्कने चलन छ 



जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...