Thursday, July 31, 2014

गजल रहरमा हराए म

गजल

गजल नै गजलको शहरमा हराए म
मेहफिल जमाउने , रहरमा हराए म

सलल बगेनन् लेखिएका मेरा शब्दहरु
प्याशमा छु तैपनि यो बगरमा हराए म

मझधारमा नाऊ मेरो लिन जाउँ कसोरी
छेवै सम्म हुत्या´उने, लहरमा हराए म

नलिनु थियो यो नशा लत लागे जस्तो भयो
बेसाएं आँफैले हिजो, जहरमा हराए म

सपना बिपना गुन´गुनाउन चाहन्छ श्री
मध्य रातमा ब्युझेर प्रहरमा हराए म

कल्पनामा रमाउछु आफ्नै ब्यथा पोख्छु पनि
अज्ञानी छु गजलको बहरमा हराए म



फाइलुन x ४ [२१२x ४ ]मा

फाइलुन x ४ [२१२x ४ ]मा लेखिएको गजल प्रयास

बैंशको मातले , बोलिनौ भेटमा 
सुस्तरी कानमा सोधिनौ भेटमा 

हासिनौ बोलिनौ त्यो तिम्रो चाहना
खै कता हरायो खोलिनौ भेटमा  

जिंदगी खेल भो,जीत भो हार भो 
प्रेमको बागमा खेलिनौ भेटमा

होशमा को छ लौ बाँचने नीहुमा
साँझको प्रीतजो बाचिनौ भेटमा

भुलायो कसैले

दिलै भित्र राखी भुलायो कसैले न सोधी मलाई जलायो कसैले परेली झिम्काई मनैको कुनामा न बोली न बोली डुलायो कसैले जसोरी तसोरी बिर्सेंको उहील्यै पछाडी हुलै मा बुलायो कसैले नसोधे हुने नी जमाना खराबी भक्कानो छुटाई रुलायो कसैले तिरैको निशाना चलाए मज्जैले नफूल्ने गुलाब फुलायो कसैले !

गजल मख्ख छौ है तिमी


आफ्नै रुपको तारिफमा मख्ख छौ है तिमी 
कोही सँग नबोलेरै, गमक्क छौ है तिमी
कस्तो सदाबाहार त्यो बैन्शको बगानमा 
जोवनै फुलाएर ढक´मक्क छौ है तिमी
महल की राजकुमारी सृङ्गार की देवी 
अनेकौं आभूषणले, झपक्क छौ है तिमी
साउनमा लौ जल्न थाले प्रेमका पूजारी 
मध्यान्हको धूपझै धपक्क छौ है तिमी
मै हुँँ भन्नेहरुको तिम्रोअघि बोली सुक्छ 
रापले हौ´की तापले हपक्क छौ है तिमी
आफ्नै रुपको तारिफमा मख्ख छौ है तिमी
.......................
श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन

Wednesday, July 30, 2014

बहरे मुतकारिब-मुसम्मन सालिम


पहिलो प्रयास
बहरे मुतकारिब-मुसम्मन सालिम
(सुत्र: 122*4)

भुलायौनि माया तिमीले कसोरी
नबोली नबोली मनै´ले कसोरी

बुझाएर लूट्यौ बुझीनौ इशारा
जिस्काए मलाई सबैले कसोरी

जमाना खराबै भएरै त होला
छुरा´त्यो बोकेर मझैले कसोरी

जुनेली र आकाश जूवारि खेले
सुन्यौ´है मिठासी रसैले कसोरी 

लजाएर घूम्टो झुकायौ शिरै´जो
लट्ठायौ लडायौ नसैले कसोरी

गजल गीत नलेख

$$ $$$$ $। ।$।

मेरो खामोशीको गीत नलेख
मेरै बेहोशीको, प्रीत नलेख

हारे मैले सारा खेल कसोरी 
जात्रा´भो हारेनी,जीत नलेख

भूल्यौ हाम्रा पूरानो पिरती त
भो दोहोरी´एला, रीत नलेख 

ढोंगी´हौ मायामा बूझ बिन्ती´छ  
दाब्यौ´जो छातीमा तीर हीत नलेख

ढांट्यौ बोल्यौ फोहोरी ती´रक्षान
नाता टूटेकै´हो, मीत नलेख  

Tuesday, July 29, 2014

गजल तलाउन खोज्छु हजुर

हत्केलामा सागर,तलाउन खोज्छु हजुर
बेहोशिमा संसार, जलाउन खोज्छु हजुर

ढुंगामाथि बिऊ रोपी केको आशा गर्दै छु´म
तस्बिर ति´नयन, चलाऊन खोज्छु हजुर 

बाँचने रहर´ती, मरेका त पक्कै छैनन
अर्धचेत नुन् छरी, गलाउन खोज्छु हजुर 

पाखुरीमा तुजुक, नभएर के भो मलाई
सामुन्यका पर्वत, ढलाउन खोज्छु हजुर

बोल्दिनौ अमूक´छौ,तस्बिर मै बोलाई राख्छु 
¨श्री¨लाई आँफै सँग,छलाउन खोज्छु हजुर

आँफै सँग आँफैलाई छलाउन खोज्छु हजुर
तलाउन खोज्छु हजुर  

गजलले सिकायो

अक्षरमा दुख लेख्न गजलले सिकायो
बगरमा सुख देख्न गजलले सिकायो

न´लयभो न´त सूर रहरले सिकायो
सुरजमा हिल छेप्न गजलले सिकायो

सगरका जून घाम टपक्कनै टिपे´नी
जिन्दगिका कस्ट खेप्न गजलले सिकायो

लुकिछिपी शब्द सँग मितरीपो लगाएं
प्रितमका रुप लेप्न गजलले सिकायो

तिथिमिती कुनै छैन डगरमा सिक्दैछु 
सडकमा वहि टेक्न गजलले सिकायो

गाई काटेर सलामी, छुनु छैन मलाई

गजल
------
भोभो देशको मलामी, हुनु छैन मलाई
गाई काटेर सलामी, छुनु छैन मलाई

लुम्बिनी सुस्ता मेरै हुन्,धोकामा किन बस्छौ
जरा उखेली कलामी,धुनु छैन मलाई 

टिस्टा र कांगडा हैन भएको जोगाउनु
भोलि भएर गुलामी, रुनु छैन मलाई

नालापानीमा लडेका, वीर सपुत मेरा 
चढाउँछु म सलामी, भुल्नु छैन मलाई 

नचलाऊ हुकुमत,कुर्चिका पूजारी हो
भोभो देशको मलामी, हुनु छैन मलाई

---------------------------------
सलामी= तोप पड्काएर दिइने सलाम
सलामी=मासु पेलेर बनाइेको,अङ्रेजीबाट आगन्तुक शब्द
कलामी=कलमी हाङ्गा काटेर या छान्टेर सारीएको फलफुलको बिरुवा

गजल बदमासी छु अझै

धित मर्दैन मायाको, प्यासी छु अझै
झुट बोल्दिन तिम्रो´नै दासी छु अझै  

नरोक सदैब गाडी यो जिन्दगी´को 
देउ ईशारा मात्र, खलासी छु अझै

पहिलो प्रेम म तिम्रो भुल्यौ? सपना
पुरो छाडेकी थियौ जो बासी छु अझै

भुलेको छैन, सारा हर्कत ति तिम्रा 
तिम्रा लागि उस्तै बदमासी छु अझै

भाग्य मेरो हो दोश दिन्न तिमीलाई
¨आफन्त¨ हुँँ तर अबजसी छु अझै

गजल काली काली आज

मनको मझेरी खाली खाली आज
दिलमा बसेकी काली काली आज

सुटुक्कै पसेरै छाती भित्रै घाउ
भमरा उडेको डाली डाली आज

जुनको उजेली मीठो मीठो याद
किनहो झरेकी आली आली आज

पिरती कसोरी गास्ने होला सानु
सुस्तरी तरेकी चाली चाली आज

सिउदो तिम्रो´नी खाली खाली आज
मनको मझेरी खाली खाली आज

गजल साउन आयो गयो


गजल
साउन आयो गयो, मन पलाएन
डंढेलो´ले खाएको, बन पलाएन !

सम्झना बिर्सनाले रुवाएको छाती
झ्याँगिन्छ कि भनेको, झन पलाएन !

हिउँद बर्षा कैयौं, बिते बिदेशमा
आशै आशमा सुक्यो,तन पलाएन !

भिडमा पनि एक्लै,हुन्छु आजभोलि
बिझा´उने ए´कांन्की, पन पलाएन !

ढुङ्गामा पनि लेउ पलाउछ भन्थे
कर्म´ले मात्र यहाँ,धन पलाएन !

  

Monday, July 28, 2014

बनाउलान त कानुन?


बनाउलान त कानुन?
---------------

पुगेन र चाहियो मात्र, भन्न थालेपछि
सुबिधा र तलब भत्ता, गन्न थालेपछि

बिर्सने पो हुन् कि अब, कर्तब्यका पाठ 
घरको आँगनमा भँड्खालो,खन्न थालेपछि

धर्म,जात र एकलको, बिऊ छर्यौ हिजो
अहिले बिरोध´को आगो,बल्न थालेपछि

तिम्रा उपाचार बैंकक, अमेरिका हुन्छ  
सिटामोल छैन स्वदेश, जल्न थालेपछि 

खाडी रेगिस्तानमा जिउदा युवा जल्छन्
नुन नपाई पश्चिमेली, गल्न थालेपछि

बनाउलान त कानुन? छ सय एक ले
प्रभुको नै पाउ सदैब, मल्न थालेपछि

Sunday, July 27, 2014

गजल - जिन्दगीको यात्रा मेरो

कहाँ बाट कस्ले खुंड्यो, जिन्दगीको यात्रा मेरो
सुरु नभै भुर्‍र उड्यो, जिन्दगीको यात्रा मेरो

खोलो बग्यो पसिनाको, उपलब्धी सुन्य सधैं
त्यतै खुरु खुरु गूड्यो, जिन्दगीको यात्रा मेरो

भुइँ टिप्दा पोल्टो पोख्यो, मुठी सांच्दा मानो छैन
किन होला फेरी चुंड्यो, जिन्दगीको यात्रा मेरो

सुख दु:ख वारी पारी,  भने पनि मेरा लागि
सुखको´त गाडी छुट्यो, जिन्दगीको यात्रा मेरो  

कैयौं आए कैयौं गए, जात्रा भयो सधैं¨भक्त¨
जिन्दगीले नै´हो लुट्यो, जिन्दगीको यात्रा मेरो

गजल प्रयास (१२२+२+१११२+२२=१६)

बिरानो यो मुलुकमा आए 
बिराए लौ तुजुकमा आए

कसोरी त्यो सगरमा पुग्ने
नसोची खै सनकमा आए 

नहोला जो भएर´नै छाड्ला
टिपौला झै झपकमा आए 

हराए रै अचम्म´भो आफैं
नदेखे कै लसकमा आए 

सिद्दायौ है रहर´नी आजै
मुग्लानी औ सडकमा आए

गजल /प्रयास/ फऊलुन

थकायौ भुलायौ असल साथ दियौ
कसोरी झुलायौ गजल रात दियौ

जमाना दुनियाँ कसम हार ख्वायो 
नशालु आँखाको गजब मात दियौ

सहेरै पिडा´यो सरम किन मानौं
तमासा बाटाको लवज खात दियौ

हरायौ´कि हार्यौ सरल छैन बेला
पर्खेको कोपिला कसम पात दियौ

फलिनौ फुलिनौ महल आज रोज्यौ
जहिले बेहोशी म´तर घात दियौ

Saturday, July 26, 2014

बहको माला

कसको लागि, बाँच्नु छ अब 
कसको लागि, हाँस्नु छ अब

मनको थैलो, मैल्यो रहर  
कसको लागि,  साँच्नु छ अब

जसले हेर्यो,  सानु कम्मर 
कसको लागि, भाँच्नु छ अब

जसरी नाचें, हिजो सम्म त
कसको लागि, नाँच्नु छ अब  

बह´को माला, लुटेर गए
कसको लागि, गाँस्नु छ अब



गजल जस्तै



मानचित्र बाट, देश सांघुरिदै छ
बिर्सिएर आफ्नो भेस सांघुरिदै छ !

सगरमाथा शिर तराइ मेरो छाती
भने पनि, परिबेश सांघुरिदै छ !

देश ठेस लाग्दा दुख्नुपर्ने मुटु यो
भित्रभित्रै यहाँ ¨बेस¨ सांघुरिदै छ !

बसी बसी सतरंज खेलाउने´रु
इतिहाँस, अवशेष सांघुरिदै छ !

पूर्व बाट पश्चिम गाउँ र शहर
नेपाली मन बिशेष सांघुरिदै छ !

Friday, July 25, 2014

रुमानी भएन??

कहाँ गयो बानी हजुरको रिसानी भएन
जहाँ गए पनि, हजुरको बिहानी भएन ।

हिजोअस्ती जस्तो रहरको सपना हराए 
घमण्ड त्यो थियो हजुरको जवानी भएन ।

कबिता र गजलमा लेख्थें कहिल्यै कहेनौ 
सुना´उथेँ खै´र? हजुरको कहानी भएन ।

फुर´फुर फुर´फुर पुतली झै बगानमा
उँड्थ्यौ पंखमा है हजुरको भुवा´नी भएन ।

जानीनजानी कथ्दै छ आफन्तले हरफमा
सुहानी सफर, हजुरको रुमानी भएन ।

गजल जुनेली मागिनौ

तिमीले जुनको जुनेली मागिनौ
किन हो सुनको उजेली मागिनौ

दिन्थेंनी सुर्यको धुर्मैलो ऊज्यालो
गित´यो मनको सुशेली मागिनौ

रमाई बनको पखेरा पाखामा  
फुल´नै गहको धुर्सेली मागिनौ

सुसाई बहने नदिका तालैमा
किन´नी गुंडको जुरेली मागिनौ

तिमीले जुनको जुनेली मागिनौ
किन हो सुनको उजेली मागिनौ

गीत पानी पर्‍यो

,.,.,.,.,.,
रिमझिम रिमझिम पानी पर्‍यो 
बर्षायाममा भिजने बानी पर्‍यो 

जसलाई सम्झेर यो गीत गाएँ 
हो´नी ऊ मेरो मनको रानी पर्‍यो 

ख्याल होइन दिल बसेछ मेरो 
आखिर मन मायाको खानी पर्‍यो 

सिमसिम सिमसिम पानी पर्‍यो 
भुली नसक्नु आँखाको नानी पर्‍यो 

रिमझिम रिमझिम पानी पर्‍यो 
बर्षायाममा भिजने बानी पर्‍यो !!!

गजल जस्तै जस्तै

भिडमा थियौ सडकमा थियौ
धुपको त्यही तडपमा थियौ

पिठमा छुरी गजबले बोकी
किन´हो कुन्नी भडकमा थियौ

गालमा मोती टलकमा थियो
निशना के´हो झडपमा थियौ

हुलमा थियौ रहरमा थियौ
किन´की तिमी सडकमा थियौ

भिडमा थियौ सडकमा थियौ
धुपको त्यही तडपमा थियौ

Thursday, July 24, 2014

गजल कता गयौ?

राजा बस्ने शहरमा नबसेरै कता गयौ
छाया बग्ने लहरमा नबगेरै कता गयौ

अन्तै जाने पुतलीको हुललाई किन सोधुँ
माया खस्ने बगरमा नखसेरै कता गयौ

पापा पनि चिचि पनि किन होर सधैं भरी
तारा खस्ने प्रहरमा नसहेरै कता गयौ

एक्लै एक्लै बाच्नु पर्दा तिमी भने टाढा जाने
बाचा कस्ने रहरमा नभनेरै कता गयौ

जिन्दगीको भरोशामा तिम्रो हात थाम्न खोज्दा
बाबा हस्ने डगरमा नरहेरै कता गयौ ??

गजल-लात मार्ने बढे

साथ दिने भन्दा यहाँ लात मार्ने बढे
काम गर्नु केही छैन, बात टार्ने बढे

अल्छि तिघ्रा स्वादे जिब्रा कुरा भारी
काम बिना माम सारा हात पार्ने बढे

जमाना खराब छ´है भन्दा भन्दै पनि
तारा भन्दै रुख बाट पात झार्ने बढे

उल्फाको धनमा ऊ फुपुको श्राद्ध गरे
ढांटि लुटी धम्काईमा खात सार्ने बढे

बगरे ले  मासु थुप्रा भाग लगाए झै
सानो ठुलो भनी भनी जात फार्ने बढे

मेरो स्वतन्त्रता

तुच्छ छैन म, बर्जित हुनु छैन
त्यसैले, पून निर्मित हुनु छैन

मन्दिर होस् कि मस्जित खुशी छु
टाङ्गे घोडा झै समर्पित हुनु छैन

डुकु लट्ठक हुँला कसैको नजरमा
स्वतन्त्र छु दिग्भर्मित हुनु छैन

जुन तारा खसालेको छैन, अझै
र त ऊ जस्तै सर्मित हुनु छैन

म जे छु आफ्नुलागि पूर्ण छु आज
लामो छ यात्रा, गर्बित हुनु छैन !!!

Wednesday, July 23, 2014

हाम्रो सरकार

चितुवा झै दौड्नु पर्थ्यो, सानोतिनोमा अल्झ्यो सरकार
कर्तब्य नै भुल्यो क्याहो झिनोमिनोमा अल्झ्यो सरकार !

कुर्ची मोह, शक्ति मोह सत्ताको खेल´हो यो झेल रै´छ
गिद्द बने परेवा पनि, कुह्यासिनोमा अल्झ्यो सरकार !

स-सभामा निदाउँछ, रुघा खोकिमा बिदेशियो कतै
बोक्नु पर्ने खुँडा थियो भुत्तेछिनोमा अल्झ्य्यो सरकार !

सँख्या पूर्ति पद पूर्ति, गोलमेच इत्यादी मुल्तवीमा 
छातीको झल्कने कोट टल्केचिनोमा अल्झ्यो सरकार !

पुरानो घाऊ जस्तो कहिले कही बल्झिए पनि तर
यस्तो लाग्छ भित्र भित्रै छिनोफिनोमा अल्झ्यो सरकार !

गजल- तिमी बिनै जिएँ भन्छ्यौ कसले भन्यो तिम्लाई

अर्कै सँग थिएँ भन्छ्यौ कसले भन्यो तिम्लाई
मस्तै सँग पिएँ भन्छ्यौ कसले भन्यो तिम्लाई ?

कान छामे हुन्थ्यो पहिला कागकै पछी दौड्यौ
छाती मेरो सिएँ भन्छ्यौ कसले भन्यो तिम्लाई ?

तिम्रो नाम बन्दकी´मा, दि´सकेको मुटु मेरो  
अर्की लाई दिएँ भन्छ्यौ कसले भन्यो तिम्लाई ?

न त एता आयौ तिमी न त मलाई नै डाक्यौ
सार्है दुब्लो खिएँ भन्छ्यौ कसले भन्यो तिम्लाई ?

काली पूर्व कालु पश्चिम, के गर्ने खेलै यस्तो
तिमी बिनै जिएँ भन्छ्यौ कसले भन्यो तिम्लाई ?

Tuesday, July 22, 2014

गजल - अरे, हो र भन्या

भित्र भित्र, मेरै कुरा, गर्छ्यौ अरे, हो र भन्या
भरी गाग्रो, फेरी पनि, भर्छ्यौ अरे, हो र भन्या

भेट हुँदा, लजाउने, कस्ती केटी, हौ´ली भन्थेँ
झुल्के घाम, देउराली, झर्छ्यौ अरे, हो र भन्या

भेट्न आऊ, त्यसो भए, कुरी बस्छु, चौतारीमा
टोलाउँदै, अल्लमल्ल, पर्छ्यौ अरे, हो र भन्या

किताबमा, मेरो फोटो, लुकाएर, राखेकी छ्यौ ?
मेरै निम्ती, कोठा छिट्टै, सर्छ्यौ अरे, हो र भन्या

अब भने, आफन्तले, विश्वाश´यो, मान्छ मान्छ
हैन भने, बिष पिई, मर्छ्यौ अरे, हो र भन्या ?????

गजल-जात ढल्यो सुस्त सुस्त

पिरतीको बगानमा मात चल्यो सुस्त सुस्त
जवानीको उमङमा पात हल्यो सुस्त सुस्त

कांडेतार बेरे पनि उम्की जाने बैन्श कस्तो
बैन्शालुको तरङमा रात जल्यो सुस्त सुस्त

एक्लै हुँदा सपनीमा बर्बराको हिजो अस्ती
भेटहाम्रो पहिलो´त्यो बात बन्यो सुस्त सुस्त

दुनियाँको परबाह कस्को कस्ले लिने अब
परम्परा तोढिदैछ जात ढल्यो सुस्त सुस्त

पिरतीको बगानमा मात चल्यो सुस्त सुस्त
जवानीको उमङमा पात हल्यो सुस्त सुस्त

गजल ५+५

धुलो उड्यो रे बस्तिमा हिजो
कुलो फुट्यो रे बस्तिमा हिजो

माहा-राजाको सवारी थियो
लुलो उठ्यो रे बस्तिमा हिजो

असक्त थिए मालीहरु ति 
चुलो जुट्यो रे बस्तिमा हिजो

आएर गए के के फलाके
ठुलो गूड्यो रे बस्तिमा

बाचा टुट्यो रे सुन्दैछु आज
धुलो उड्यो रे बस्तिमा हिजो

२ गजल शुत्रमा कोशीस



२ गजल शुत्रमा कोशीस

४ # २

दुखेको छ मन मेरो
सुकेको छ तन मेरो

देखिदैन आसुँ आज 
लुकेको छ झन मेरो

शिर दुख्छ छटपटी
लुटेको छ धन मेरो

स्वाबलम्बी भन्दाभन्दै 
झुकेको छ पन मेरो

हात देउ माथि बाट
छुटेको छ जन मेरो

-.-.-.-.-.-.-.
५ + ५
नदेखे जस्तो गरेर गयौ
बिषालु आँखा तरेर गयौ

नहुनु थियो भएरै छाड्यो
पवित्र प्रेम मारेर गयौ

भरोषा टुट्यो दुनियाँ माथि 
थियो´र बन चरेर गयौ

शिरमा चढ्यौ टेकेर छाती
मुटुमा ओर्ली झरेर गयौ

आउंछु भनी सायदै होला
सिमा´मा नुन छरेर गयौ

Monday, July 21, 2014

गजल - नफुक न बेकार आगो

(नफुक न बेकार आगो, बिन्ती आफन्तको)

जलाउन जान्यौ साथी, कहिले निभायौ र
तेल थप्छौ आगो माथि कहिले निभायौ र ?

जोत्न भन्दा किन हलो अड्काउन सिक्यौ   
रांको बोकी राती राती, कहिले निभायौ र ?

सधैं भन्छौ क्रान्तिक्रान्ति कसको लागि अब
जल्दा देश बन्यौ घाती, कहिले निभायौ र ?

कस्तो क्रोध कस्तो रिश हो आगै फुक्नुपर्ने
बल्दा तिम्रो हाम्रो छाती, कहिले निभायौ र ?

जलाउन जान्यौ साथी, कहिले निभायौ र
तेल थप्छौ आगो माथि कहिले निभायौ र ?

गजल- कुरा मात्र होइन सानु, बसाइँ सर्दै छु म

कुरा मात्र होइन सानु, बसाइँ सर्दै छु म
तिम्रै लागि कोहोलपुरको यात्रा गर्दै छु म

ठिकै भन्यौ यादहरु बल्झियरै होकी कुन्नी 
देउराली र भञ्ज्याङ काटी तल झर्दै छु म 

गल्ती भए माफि देउ है, अब दोहोरिन्नन् 
अतितमा जे जस्तो भयो शरण पर्दै छु म 

दुबो माला जरी गाँसी ल्याउँछु मंसिर सम्म 
खोलि सजाई डोली सजाई पुष्प छर्दै छु म 

एक मुटु दुइटा धड्कन् भन कहिले सम्म 
आफन्तको शान्ती खोज्दै खोली तर्दै छु म 

.........
खोलि - घर 
खोली - सानी नदी

Sunday, July 20, 2014

गजल (देशको नाउँमा)

झुटको सहारामा, सत्य नलुक्दो रै´छ
बुटको निशानामा, शिर नझुक्दो रै´छ

बलिदान भए जो, जो स्वदेशको निम्ती
सहिदको नशामा, रक्त नसुक्दो रै´छ

निको नहोलान् है, पर-चक्रिका घाऊ
रगत र पसिना, यहाँ नपुग्दो रै´छ

देशले रगत मागे, रेटिने गला छ
रेट्दा तरबारले, घाऊ नदुख्दो रै´छ

झुटको सहारामा, सत्य नलुक्दो रै´छ
बुटको निशानामा, शिर नझुक्दो रै´छ


 




 

के कस्तो बन्यो? गजल कि फजल

माया भन्दै धरधरी रुवायौ
बाचा भन्दै मनपरी खुवायौ

कहिल्यै नदुख्ने यो छाती मेरो
बाबा भन्दै चरचरी दुखायौ 

विश्वाश कतै रहेन आखिर
तामा भन्दै घरघरी छुवायौ

निभेको आगोमा तेल खन्याई
तारा भन्दै वरपरी धुवांयौ

धुर्मैलो थियो जो सम्बन्ध हाम्रो
राजा भन्दै सरसरी तुवायौ

Saturday, July 19, 2014

गजल शंका

मधुमासका प्रहरहरु, भुलेकि त छैनौ
यादहरुको रनबनमा, डुलेकि त छैनौ

तिमी गयौ बषन्त गयो भन्थ्यौ परार सम्म
पराईको अंगालोमा सानु, फुलेकि त छैनौ

जवानीमा मुना छाडि लाग्यो मदन बिदेश
प्यास बुझाउन मधुशाला, झुलेकि त छैनौ

अतिथी देवो भब: तिमिले हाम्ले पढेकै हो
नकाबधारी पाहुना साँझ, हुलेकि त छैनौ

आग्लो चुकुल छेस्किनी राम्रो सँग लगाउ काली
छाड्देउ बरु सोर्ह सृङ्गार, खुलेकि त छैनौ ?

 

कबिता अनुरोध




शिक्षाको ज्योति बांड
अक्षरहरुको मोती छर
अन्धकार आँफै हट्छ
थकित छन् नेपाली पाखुरा
बन्दुक बोक्न नसिकाउ है
धुवै धुँवामा रुमल्लिएको छौं हामी
बारुद बोक्न नसिकाउ है,,
फलेको ब्रिक्ष्यको हांगा हौ तिमी,
नुंघ नुघाउ तर
स्वाभिमान धितो राखी
नझुकाउ है नेपाली शिरहरु,

अनुरोध छ।

आक्रान्त बनेका छन् गाउबेशीहरु
थकित छन् नेपाली मनहरु
कथित राजनीतिज्ञहरु सँग
त्यसैले ¨नेता¨ होइन अब
नायक बनाउ किशोरलाई
गुरिल्ला होइन।

अनुरोध छ।

एउटा मास्टर होइन
गुरु बन, गुरुकुलको
किन कि दुरी बढ्दै ,
गुरु चेला बिचको,,
सलामको परेड होइन
स्तुतिको प्रथाना सिकाउ।

अनुरोध छ।

दुरको सपना होइन
बर्तमानको यथार्थता औंल्याउ
ध्वंसको बिज्ञान होइन
सृजनाको सामाजिक सिकाउ
हिजो च्यातेका नैतीक संस्कृतका
श्लोक सिकाउ।

अनुरोध ,,

देख्यौ सिक्यौ आज जान्यौ पनि
तिम्रो आफ्नो क्षमता दक्ष्यता
एम्बुस ग्रिनेड होइन
तुलशिको मठ बनाउन सिकाउ,
अनुशासनको परिधी मात्र होइन
अधिकार कर्तब्य पनि सिकाउ

अनुरोध छ।

भने नि ,तिमी गुरु हौ,,
धेरै भरोशा छन् हाम्रा तिमी माथि
बिद्द्वान हौ, ज्ञान बांढ
गोर्खाली हौ, न्यायको प्रतिमुर्ती
त्यसैले न्याय बांढ
¨मुक्ती¨लाई मुक्ति देउ।

अनुरोध  

नयाँ ईतिहास कोर्नुछ तिमीले
नधोहोर्याउ माडी बेनी खाराका
धुर्मैला ईतिहास अब
¨राता ठेली¨ मात्र होइनन्
बेदका ऋचाहरु पढाउ,
किन कि त्यहा छन्
हामीले खोजेका ज्ञानहरु
समाज द्रिस्टान्तहरु,,
नलगाउ आगो आफ्नै पुस्तकहरुमा
पुर्बिय शिक्षाको बिरोध
बुर्ज्जुवाहरुको निती भन्दै,
देख्यौ नि समाज आज,
कता जादैछ?
भोग्यौ नि दुनियाँ हिजो
के चाहन्छ?

त्यसैले बाटो नबिराउ
!बिद्द्वान !

एक अनुरोध छ।
…………..

२०७१ श्राबण गते शनिबार


गजल ताल परिसक्यो

गजल 

तप्प मात्र? मेरो यहाँ, ताल परिसक्यो 
धुक धुकी बाँकी अझै, हाल मरिसक्यो !

को बैगुनी भयौं सोच,तिमी कि म हिजो
मैले बिर्सें तिमी बिर्स, गाल टरिसक्यो !

दुबै मिली सजाउला, हाम्रो सानो घर 
बरु छिट्टै फर्कि अाऊ, आल हरिसक्यो !

सियो भन्दा तिखो रै´छ सम्झनाको तीर 
डसी राख्छ तरपनि, काल सरिसक्यो !

¨शान्ति¨ छैन यताउता,पिडा बाँकी रह्यो 
¨आफन्त¨को परेलिमा, ताल परिसक्यो

 

सुन्दैछु कोहलपुर तिम्रो, शहर बनिसक्यो

नगर भो तालको कुरा, सागर बनिसक्यो 
रुँदारुँदा जिन्दगी नै यो, बगर बनिसक्यो

भन, तिमी डुब्नु म डुब्नु, एउटै भएन र?
तिखातिखा तिम्रा बचन, जहर बनिसक्यो

तिमीले पहिले बाटो मोड्यौ बिर्स्यौ कि सानु? 
धेरै छैन आउँछु भेट्न, रहर बनिसक्यो

पहिले जाँदा सुदुर पश्चिम खाजा खाएको
सुन्दैछु कोहलपुर तिम्रो, शहर बनिसक्यो

पहिले जस्तै छ्यौ कि¨शान्ति¨बदलियौ तिमी?
¨आफन्त¨लाई देख्ने भेट्ने, लहर बनिसक्यो  

Friday, July 18, 2014

गजल म धुलो यहाँ, तिमी त्यो जून

तिमी लाई खै, भुलुँ कसोरी एक्लै एक्लै छु, डुलुँ कसोरी

नशामा सधैं, बेहोशी छैन त्यसैले भन, झुलुँ कसोरी

लेखेर पनि, लेखिसाध्य काँ धेरै छ भन्नु, खुलुँ कसोरी

कोपिला चुँड्यौ, बोटै निमोठी चाहना थियो, फूलुँ कसोरी

म धुलो यहाँ, तिमी त्यो जून आकाश धर्ती, छु´लुँ कसोरी ?

गजल आज पहिरो जाने मेरै बनको पालो रै´छ

धन को रंग हैन मित्र मनको कालो रै´छ
आज पहिरो जाने मेरै बनको पालो रै´छ

अभागीको खप्पर जता लुके पनि ठक्कर
लाज छोप्न चाहिने यहि तनको खालो रै´छ




आज पहिरो जाने मेरै बनको पालो रै´छ.......

छन गेडी सबै मेरी साच्चै नै भन्या रैछन्
मरीलाने घाट सम्म एकै फन्को टालो रै´छ

मन्दिरको प्रांगणमा झुण्ड्याएको घण्टी हेर्नु
बजाउन नसकिने, वजनको रालो रै´छ

कर्म गर्न नपाउँदा, शरमले खाँदो रहेछ
इस्टमित्र आफन्त´नी त्यै धनको जालो रै´छ

आज पहिरो जाने मेरै बनको पालो रै´छ ......

सान्दाजुको सम्झनामा

(साउन ६ गते जन्म सताब्दीको सन्दर्भमा)

दुबिधामा देशको माटो, हातमा लिनु भन्थ्यौ
देशले मागे तिम्रो माया रगतमा दिनु भन्थ्यौ

परदेश तिर तीन घुम्तिमा, बाबु आमा छोरा
सुम्निमा र नरेन्द्र दाई साथमा हिंड्नु भन्थ्यौ

जेल जर्नल पढ्नेहरु दोशी चस्मा नलगाउ अब 
हिटलर र यहूदी छन् समाजमा चिन्नु भन्थ्यौ 

मोदी आइन, श्वेत भैरबी, खोजी खोजी पढौं
नेपाली हौं पौरखी छौं झुपडीमा ज्यूनु भन्थ्यौ

राष्ट्रिय एकताको आवहान, जरूरी थियो
सदा पर्‍योभने¨सत्रु¨सँग पर्छ भिड्नु भन्थ्यौ 

पञ्चायतमा प्रजातन्त्र, छैन भन्ने सान्दाजु
समाजवादका लागि सधैं क्रान्ति छेड्नु भन्थ्यौ

कहाँ छौ बि पि तिमी यो देशले आज खोज्दैछ
एउटा घर र भैंसी, नेपाली को हुनु भन्थ्यौ 

दुबिधामा देशको माटो, हातमा लिनु भन्थ्यौ
देशले मागे तिम्रो माया रगतमा दिनु भन्थ्यौ!

जय नेपाल !
श्रीभक्त पौडेल ¨आफन्त¨

गजल नजलाउ, भो तारा लाई

सुकाउने बहानामा, नजलाउ, भो तारा लाई 
दोस केबल मेहन्दीलाई, थाहा भो सारा लाई 

साउनको नाममा लगाउ, चाहे प्रितम तिम्रो 
अटल ताल पनि रुवायौ, आज त्यो रारा लाई 

सृस्‍टि कै सुन्दर थियौ पहेंला बस्त्रमा त आज 
वाध्य गर्यौ भुल्न बालाजुका, बाउन्न धारा लाई 

आर्यघाट, देवघाट, बेनी र मन्दिरहरु मा 
सम्झेर आराध्य देव जीवन अभिभारा लाई

जाऊ है त बोल बम जप्दै शिवका नामहरु 
स्विकार गर दिदैछु आफन्तका सहारा लाई

सुकाउने बहानामा, नजलाउ, भो तारा लाई 
दोस केबल मेहन्दीलाई, थाहा भो सारा लाई !!

गुरुहरुलाई सलाम !

शब्दमा ज्योति खोज्नेहरु लाई सलाम 
गीतमा मोती रोज्नेहरु, लाई सलाम 

कलमको ताकत, सेता पन्नाहरुमा 
मसिमा क्रान्ति बांड्नेहरु लाई सलाम 

परिश्रमी बूँद ज्ञानु,मनु गोर्खे पोस्ट 
कोमल शान्ती सांच्नेहरु लाई सलाम 

अनायास अन्जलीमा, कबिता गजल 
अस्तित्व झन्डा गाड्नेहरु लाई सलाम 

हुसेन भिस्म एलबी,बिदुर र पूजा 
बिम्बमा भाब साट्नेहरु लाई सलाम 

किरण बिनोदी भण्डारी ईलामे सब
कमल शोभा बाट्नेहरु लाई सलाम 

पद्द्मा बराल स्विकार्नु मेरा यी सलाम 
विश्व आफन्त सोच्नेहरु लाई सलाम 

Monday, July 14, 2014

कस्को पक्षको, पर्नु भो नि हजुर

कस्को पक्षको, पर्नु भो नि हजुर
एक्कासी यता सर्नु भो नि हजुर

माहोल यस्तो हुँदै, गयो भने त 
डाडुमा पानी, मर्नु भो नि हजुर

डाडुपन्यूँ आफ्नो हातां भाको बेला
भकारी आफ्नो, भर्नु भो नि हजुर

हिजो सम्म माथि, माथि आकाशमा
लौ न नि के भो, झर्नु भो नि हजुर

घरले जा, बनले अाऊ भन्दा
पुग्यो! बैतर्णी, तर्नु भो नि हजुर ??

गजल बढारिंदै त छैनौ ?

गजल बोलिको तूजुकले, मढारिंदै त छैनौ आफ्नै आँगन बाट, बढारिंदै त छैनौ वल्लो घाट न पल्लो तीर नभए हुन्थ्यो टुप्पो बाट पलायौ, मठारिंदै त छैनौ नतिजा आफ्नो पोल्टोमा परेन रे भन्दै छिनाएको बोको झै, बटारिंदै त छैनौ गूट उपगूट प्यानल, के के हो के के अर्को पार्टी खोल्न, चटारिंदै त छैनौ ढाल्न ढलाउनका, खेलाडी महोदय अब सत्ता ढाल्न, हतारिंदै त छैनौ ????

गजल सढें जस्तो लाग्छ

अघि भन्दा पछी, बढें जस्तो लाग्छ
पाक्दा पाक्दै खुदो डढें जस्तो लाग्छ

सह-यात्री बिना,  लामो यात्रा तय
दोबाटो मा आज अढें जस्तो लाग्छ

शिख रमा पुग्छु, भन्दा भन्दै पनि
नशा होकी केहो, चढेँ जस्तो लाग्छ

आफ्नै जिन्दगीका, पुराना किताब
राती अन्धेरोमा, पढेँ जस्तो लाग्छ

भरोषा ठेगान, छैन ¨आफन्त¨को
बिदेशमा आज, सढें जस्तो लाग्छ

Sunday, July 13, 2014

डेरा सरें fb posted

काँढा भए पनि फूल, चुम्न जान्नु पर्छ
टाढा भए पनि जून, झुम्न जान्नु पर्छ 
चन्द्रमाको दाग गुलाबको काँडा भन्छन्
औँशिको यो अन्धेरीमा घुम्न जान्नु पर्छ !!

.,.,.,.,.,.,.,.,.,.,.,.,.,
नसम्झिएको कहिले छु र तिम्रो मनमा डेरा सरें 
बन्द होस् या खुला परेली तिम्रो तनमा डेरा सरें 

जहाँजहाँ तिम्रो छाया वहिंवहिं मेरो पाइला देख्छ्यौ 
तिमी भुल्ने दाउरा घाँस त्यो, रन बनमा डेरा सरें !!!
.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.
किन सोच्दैछौ जिन्दगी सम्झौता भनेर यहाँ 
लिन खोज्दैछौ जिन्दगी बक्यौता गनेर यहाँ? 
कुमालेको हातको माटो,कुमालेकै चक्र हो´नी 
चिन भन्दैछौ जिन्दगी,¨भगौटा¨ ठानेर यहाँ?!

,.,.,.,.,.,.,. 
मिलिजुली खाने भए छ सय एकले 
जुनीजुनी जाने भए छ सय एकले 
नअघाउने सुँगुर मागी मात्र बस्छन्
सुतिसुती लाने भए छ सय एकले !!!

,.,.,.,.,.,,,,,,,,.,.,.,.,.,.,.,  
कोरेर गजल मेरो मायाको,संसार सजाउँछु भन्थ्यौ  
ओढेर लगन घुम्टो बिहेको रातमा लजाउँछु भन्थ्यौ   

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...