Monday, June 30, 2014

गजल धड्किन्छ्यौ तिमी

गजल धड्किन्छ्यौ तिमी 

कुरो सुन्नु होइन त्यसै, कड्किन्छ्यौ तिमी
दोश ढाक्न त होला उसै, भड्किन्छ्यौ तिमी

सुन्दरताको अहम् अनि बैन्सको घमण्ड
देखिन है मैले त खासै, रड्किन्छ्यौ तिमी

उम्लनुको पनि त सिमा हुन्छ पोख्यौली बरु
पिंध तातेको हुन्न जसै, छड्किन्छ्यौ तिमी 

रिष, इर्श्याको त मुहान, बोकेर आयौ हिजो
सुकेको उखु बिना रसै, पड्किन्छ्यौ तिमी

आखिर टुना मुना खै केहो¨श्री¨को मुटु भित्र
देब्रे पाटो छातीमा तसै, धड्किन्छ्यौ तिमी !!

उचाइँ (कबिता)

उचाइँ घमन्ड नगर हिमाल,
घमन्ड नगर पहाड,
तेरो उचाइको मलाई गर्ब छैन,
आखिर के नै छ र?
न थोरै माटो छ जहाँ
पिपल उमार्न सकुँ
तुलशी जमाउन सकुँ।

बरु मरुद्धान प्यारो लाग्छ
जहाँ थोरै शितलता छ,
हरियाली छ,
तर तँ उचाइँ के छ तँ सँग?
बन्जर छस् , पत्थरिलो छस्

एक्लै ठिङ्ग खडा छस्
एक निरश कबिको कबिता जस्तै
न तँ सँग भाब छ न सौन्दर्य नै
त्यसैले घमण्ड नगर पहाड,

थकानले भरिएको छस्
काकाकुल छस्,निरश छस्
बिवश छस्, एक बाल बिधवा जस्तो
फुङ उडेको छस्, न रङ्ग ल्याउछस्
न उमङ्ग छर्छस्
केबल अनुत्तरित छस् आँफैमा

नसम्झी आँफैलाई महान तँ
तेरो महानता होइन त्यो,
आँफै धोकामा छस्
मजबुरी छस्,भित्रै भित्रै
तेरो अहमताले नै खाएको छ। 

एकाध समय
मुर्दा माथिको कात्रो जस्तो
सेताम्य जमेको हुन्छस
कलकल बगेका खोलालाई
सर्लक्कै निलेर अचल हुन्छस्
लेक लगाउदै मान्छेलाई
रुवाउछस,अपाहिस पार्छस
निल्छस मान्छेलाई,,

ना आफुँ हास्न सक्छस्
न हसाउन सक्छस,
कालापत्थर र शिखरमा
झन्डा गाड्न बाहेक
के नै गर्न सक्छन् र मान्छे
तेरो उचाइँमा ,

आखिर जती माथि गए पनि
ओर्लन नै पार्छस् मान्छेलाई
आखिर खै त तेरो गन्तब्य?
जहाँ बाट सुरु त्यही अन्त्य?

घमन्ड नगर हिमाल,
घमन्ड नगर पहाड,
तेरो उचाइको मलाई गर्ब छैन,
आखिर के नै छ र?
न थोरै माटो छ जहाँ
पिपल उमार्न सकुँ
तुलशी जमाउन सकुँ।

तथास्तु,,

यस कबिताका अधिकान्स भाब भारतीय कबी श्री अटल बिहारी बाजपेयीको कबिता ¨उचाइँ¨सँग मेल खान्छ, यद्दपी हुबहु नक्कल उतारेको चाँही होइन, कतै खोजेर पढ्न सक्नु हुनेछ,











म एेना

म एेना हुँं, म दर्पण हुँं
सौन्दर्यताको समर्पण हुँं
चाहे लाख टुक्रा पार मलाई
म मेरो अस्तित्व डग्न दिन्न,
हो म भित्तामा झुन्ड्याएको एेना हुँं
नब दुलहीको सबै भन्दा प्यारो चिज हुँं
म अस्तित्वको बोध हुँं
यथार्थताको सोध हुँं,,
हो म एेना हुँं

सम्हाल मलाई फुट्न सक्छु
टुट्न सक्छु,पग्लन सक्छु
गल्न सक्छु तर म शिसा हुँं
फुट्दा तिमी काटिन सक्छौ,
टुट्दा तिमी फाटिन सक्छौ,

म हारेको हुन्न,
जती उचाई बाट झरे पनि 
म गीता हुँं,कुरान हुँं,बाइबल हुँं
जहाँ तिमी झुट साबित हुन्छौ,
पारदर्शी छु म,छर्लङ छु
संसार नियाल्न सक्छौ,

म एेना हुँं,
जस्तो सिकाउछौ त्यस्तै बोल्ने
पिन्जडाको मैना हुँं,
म रंगीन छैन,
रङ्गको मलाई विश्वाश लाग्दैन
त्यसैले रङ्ग्याउन नखोज मलाई,,

म बेदाग छु, सुन्दर छु
सुन्दर मनले हेर मलाई
नछोउ मलाई,
तिम्रा अपवित्र औँलाहरुले
सजिलै दाग लाग्न सक्छ,
नहेर इर्श्याले भरिएको तन लिएर
सजिलै आग लग्न सक्छ,,
किन्तु म ज्वाला होइन
न म बारुद हुँं न म सलाई,,
तर तिमी जल्छौ आँफै
गल्छौ पनि ,पग्लन्छौ ,,

मेरो कुनै दोश छैन,
म मा कुनै रोश छैन
बेजान छु म, त्यसैले कुनै
होश छैन,,तर म निर्भिक छु,
सन्तुलित छु,,

म एेना हुँं, म दर्पण हुँं
सौन्दर्यताको समर्पण हुँं ।

Sunday, June 29, 2014

ब्यङ्ग फजल

फेसबुकमा तिम्रो, फोटोले बिगार्यो
भुँडी मात्रको मेरो मोटोले बिगार्यो

नचाहँदा नचाहँदै, आँखा पुग्छन्  
तिमिले लगाएकी छोटोले बिगार्यो

गुन्यो चोलो, म्युजियममा छन् रे
ह्वान्ङ पर्या त्यही भोटोले बिगार्यो

दाल भात सधैं, पाखेले खाने भन्यौ
पिज्जा कि केजाती हो,रोटोले बिगार्यो

भुँडी मात्रको मेरो मोटोले बिगार्यो


गीत स्याउला घारी अङ्गेरीमा

गीत स्याउला घारी अङ्गेरीमा   

गैरी खेतको यो बाटो आएँ, नपर्खनु पँधेरीमा 
आउँदै गर्दा हिलो लागे धुन आउँला पँधेरीमा

जुनकिरीको पछि लागि बेंशिको बाटो उकालीमा
बास बस्न अाइपुग्छु  गुन्द्री ओछ्याउ मझेरीमा

घूमस्याखु लिएर आउ छाता ल्याउन बिर्सिएछु
छेल पारी बसेको छु स्याउला घारी अङ्गेरीमा  

आँगनीमा लेउ होला सानु कोदालीले खुर्की राख
चिप्लिएर लड्छु कि कतै, हात देउ अंधेरीमा

गैरी खेतको यो बाटो आएँ, नपर्खनु पँधेरीमा 
छेल पारी बसेको छु स्याउला घारी अङ्गेरीमा

गजल प्रित हुन्न साथी


गजल
$$$ $$$  - $$ $$ $$

धांदली झेलमा, जित हुन्न साथी
जिन्दगी खेलमा रित हुन्न साथी

कैदी जस्तै बाँच्नु, परे पछि यहाँ
जीवन जेलमा, मित हुन्न साथी

पछी पछी छुरा ,बोकी हिँडे पछि 
बगाब भेलमा, हित हुन्न साथी

पुर्णिमाको रात,आँधि चल्यो भने
मायालु मेलमा, प्रित हुन्न साथी

घाट घाट पानी, नपिए कै राम्रो
पिरती फेलमा, गीत हुन्न साथी

Saturday, June 28, 2014

sleepy

!!!!
आउ न नजिक, 
अझै सामिप्यमा आउ
तिम्रो पर्खाइमा छु, 
खुला छन् बाहुहरु 
कि अङ्गाल मलाई 
कि म अङ्गाल्छु तिमीलाई, 
कसेर बांध मलाई
त्रिसित छु म
तिम्रो साथको,,
मेरा सुन्दर सपनाहरु 
सपनाका परिहरु मलाई पर्खेका छन्, 
खेलाउ मलाई भुलाउ मलाई 
आउ न नजिक आउ 
सुम्सुम्याएर आफु सँगै 
उडाउ मलाई 
उड्न चाहन्छु 
गूड्न चाहन्छु 
यो दुनियाँ संसार भुल्न चाहन्छु,,,
आउ म तिम्रो प्रतिक्षमा छु, 
बत्ती निभाएर बसेको छु,
उजेलिमा डाकेको छैन 
अन्धेरिमा आउ,,,,
लाज कत्ती मानेको छैन 
सुटुक्क आउ 
मेरो आँखामा बस 
परेलिमा बस 
कल्पनामा बस 
सपना आउछिन तिमी सँगै 
रातका प्रहरहरुमा आउ 
छटपटिएको छु म 
कोल्टो फेर्दै तिम्रो 
आगमनमा बत्ती निभाएको छु 
झ्याल ढोका पर्दा सबै बन्द छन्
यहाँ केबल तिम्रो उपस्थिती
जायज छ! 
म एक्लो छु, तिमी आउ 
अनि हामी दुबै हराउँ ,,
,,,,,,,,,,,,,,,,,,,,,
०१:३५ बिहान 
शनिबार २८ जुन,२०१४

देवता होइनौ नारी

देवता होइनौ नारी
..............

स्विकार्छ संसार तिम्रो ममता लाई सलाम
अपार सहन, तिम्रो क्षमता लाई सलाम

आमाको रुप सृस्‍टि तिम्रो, पोल्टोमा छ
अतुलनिय छौ यो महानता लाई सलाम

देक्दिनौ भिन्न रती संतती आफ्नै हुन्
अपूर्ब क्षमाशील, समानता लाई सलाम

आन्चल तिम्रो आकास छत्र छायामा छु
आधार हौ धान्ने त्यो लता लाई सलाम

नारी हौ नारित्व पुजिन्छ धर्तिमा सदा
देवता होइनौ नारी उदारता लाई सलाम

नेति र धुपौरो

नेति र धुपौरो

¨बुवा म दही मोथ्छु¨
आँखा मिच्दै पिढिमा,
सानो नाती बुबुरोको आग्रह,चाहना
चस्मे पन्डितको एकाग्रता भङ्ग हुन्छ,,
बिहान रेडियोको समाचार
नेपाल दर्पण र काया कैरन
एक्कासी सानो नातिले यसो भन्दा
चस्मे पन्डित एकछिन त 
असमन्जस्यमा पर्दै,नातिलाई सोध्छन्
किन र बाबा?
¨मा दही मोथ्छु भनेपसी मोथ्छु मोत्छु¨

गोठमा भैंसी त छ,,
कडाइमा दुध पनि छ,
तर न शिकुवा मा ठेको छ
न धुरी खाम्बो म मदानी नै छ,
निकै रनभुल्लमा हुन्छन् पन्डित

शायद हिजो स्कुलमा पढ्यो होला नातिले
घ्यार्‍ घुर्‍ घ्यार्‍ घार्‍ घुर्‍
दही मोथ्दा को आवाज भनेर,,
कि त उसको बाबाले
उसलाई सुनाएको बिहानिको कथा
,,,,
हजुरबुवाले दही मोथी सके पछी
बोलाई बोलाई
पिर्कामा चढाएर
हातको चिल्लो नौनिले
नातिको घुन्डा भन्दा तल मिचेको
कथा सुनेको थियो सायद,,
,,,,,,
बाल,ब्रिद्ध र महिलाको
हठ अघि कसैको केही लाग्दैन भन्छन्
यस्तै यस्तै सोच्दै थिए
चस्मे पन्डित,,

नातिको फेरी चर्को डाको सुन्छन्
¨बुवा ! म दही मोथ्छु भनेको¨ 
बाबा आज त दही छैन नि,,
छ भित्र फ्रिजमा
धेरै दही छ ,,मोथम न बुवा
बाबा ठेको आज भिजाएर राख्छु
भोलि मोथौला है,,
मदानिको फिर्का बनाउछु आज
भोलि मोथौला है ..

हस भनेर नाती चिया पिउन त थाल्यो
तर चस्मे पन्डितलाई
भोलि दही मोथ्ने मेसो पो
कसरी जुराउने हो
पिरले पिरोल्न थालेको छ , थियो

त्यो भन्दा ठुलो पिर
नेती र धुपौरो को थियो।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

Friday, June 27, 2014

असारे लोक गीत /झ्याउरे लयमा


ह ह र हो हो असारको मेला, हिलोको बासना
बिउको डोको त्यो बिसाइ भारी, छेवैमा बसन

डोकोमा बिउ छ पोल्टोमा खाजा, असारे चटारो
कहाँ छ र गुन्द्री बसने पिर्का, हिलोको झटारो 

ओढेर स्याखु है छुपुमा छुपु, चुरा त हिलै भो
नबोले पनि ईशारा देउ है, आउन ढिलै भो 

सुसाई आयो सालैको बन,चरिको बिजोग 
गासौंला प्रिती है ओढेर घूम,कस्तो यो संयोग

दहि र चिउरा ल्याएछु खाजा,मन भए यताआउ 
पर्खेरै बसें आजको खाजा ल, टपरी यता ल्याउ

ह ह र हो हो असारको मेला, हिलोको बासना
बिउको डोको त्यो बिसाइ भारी, छेवैमा बसन

Thursday, June 26, 2014

गजल राम्रो

लेउ लाग्दा आँगनमा, खुर्की हिंड्दा राम्रो
छेउ लाग्दा दोबाटोमा, फुर्की हिंड्दा राम्रो

दिंदा जस्तो लिंदा राम्रो, किन हुन्थ्यो सधैं
फेरी फेरी मागे भने, लुर्की हिंड्दा राम्रो

चेपारे र छेपारेको, कुरा बुझ्नै गाह्रो
चिल्लो चाप्लो घस्न थाले घुर्की हिंड्दा राम्रो

बिगाहा र महलको, सप्ना देख्दै गर्नु
पाउदा आफ्नो नाममा, धुर्की हिंड्दा राम्रो

केही गर्छु भन्दा सधैं, भयो भने बन्द
राहदानी बोकी अब, तुर्की हिंड्दा राम्रो 

---------------
लुर्की - लरक्क परेर
धुर्की - धुर्को जग्गाको सानो रुप
तुर्की - तुर्किस्तान

मन्दिरको ढोका बाट, किन फर्कन्छ मान्छे

गजल

मन्दिरको ढोका बाट, किन फर्कन्छ मान्छे
देवताको रिश पोखी, किन झर्कन्छ मान्छे

बलीपूजाको बिरोध, टिका लाउन्न रातो
दलिनको फोटो च्याति, किन चर्कन्छ मान्छे

भगवानले सुन्न छाडे, भन्छ छाती पिटी
शिरको अक्षेता पुछी, किन जर्कन्छ मान्छे

महाभारत पढ्यो पनि, बुझ्यो चाणक्य निती
बिदेशीको छोरो बोल्दा, किन थर्कन्छ मान्छे

निरपेक्ष चाहिएन, कराउँदै छ मान्छे   
मन्दिरको ढोका बाट, किन फर्कन्छ मान्छे

म अनि मेरो यो मौनता



अनि मेरो यो मौनता

हो हिजोआज मेरो मौनताले
मलाई  खाई रहेको छ / चपाइ रहेको ,
खै किन हो कस्तो हो यो मौनता
चिर्न सकेको छु चिन्न नै,
बेखुशी पनि छैन ,
खुशी छु भनेर चिच्याउदै
हिंड्न सकेको छैन ,
सिङ्गो शहर गोल गोल भनेर चिच्याउदा
निराकार मूर्ती झै मौन छु
लाग्छ जताततै भद्रगोल ,
कतै आवाजले थिचिएको छु कि
कतै सुन्यताले मिचिएको छु
केही थाहा पाउन सकेको छैन।

भित्र भित्र खाएको मलाई
यो त्यो खै कस्तो मौनताले हो?
अकाट्य जिन्दगीको हरेक पाइलाहरुमा
हाला कि सन्तुस्ट छैन
नहुन पनि सक्छु नि
को कस्कोले नै
पूर्णता पाएको ?

हो मौन छु,
मौनता केबल सँग ,,
दिनु छैन आज कसैलाई केही
तैपनि,,
हात पसार्छनन् मान्छेहरु सँग
माग्छन् मेरो मौनता पनि
खै के देखेका छन्,देख्नेहरुले
सर्बाङ्ग नाङ्गो छु तैपनि
जात जनाउन छाडेका छैनन्
मान्छेका जातहरुले,,

एक्लो छैन भिडमा छु
परन्तु हराएको छु यहाँ
अद्रिस्य तत्वहरुले माथिङ्गलमा हान्दै
खिचिरहेको , तानिरहेको मलाई
धकेल्दै मलाई मौनता तर्फ,
बोल्न लेख्न पर्ने अनगिन्ती छन्
तर यस्तो लाग्छ कसैले,
ओठहरु सिइदिएका छन् मेरा,

दिगभ्रमित पारेको मलाई
यस मौनताले,
छिन्न बिन्न पारेको
अनि मेरो अस्तित्वलाई नै
धरापमा छन् मेरा सपनाहरु
अधुरा पार्दैछन मेरा चाहनाहरु
यो मौनताले,,
आँधिमा डुब्न लागेको नौका झै
ढल्पल ढल्पल छन्
मेरा हरेक पलहरु,,
हो आज मौन छु
मैन झैँ पग्लदै छु
केही आशाका किरण देख्छु
पग्लदै गर्दा,,

चिर्न खोज्दै छु यो मौनतालाई
पर्दा उधारेर आफ्नै मुन्टो देखाउदै छु आज
बिस्फोट हुन चाहन्छु ,,
त्यसैले होला आज
मौन छु,मौनता सँग ,


त्रिन्चेर्पे, आज्कुएने ३५
सान सेबस्तिअन
स्पेन



गीत गाउँबेशिमा मायालुको

मंसिरमा लहलह, धान झुले पछी 
चन्द्रमा झै टहटह,आन खुले पछी

जेठको आरु मिठो असारको हिलो
कार्तिकमा ढकमक फुल फुले पछी

गाउँबेशिमा मायालुको, मनरुन थाले
परदेशीले सम्झनामा याद भुले पछी

मालश्री र सनाइँको धुन अशोजमा
पिंग खेल्दै चहचह,रङ्ग घुले पछी 

हिउँदको भकारीमा बाली हुले पछी
पोखुँ यो मनको बह बारी डुले पछी 

गाउँबेशिमा मायालुको, मनरुन थाले
परदेशीले सम्झनामा याद भुले पछी

Wednesday, June 25, 2014

गीत भन्थ्यौ रुँदै रुन्न

पोहोर परार मन-पेट, भन्थ्यौ दिंदै दिन्न
कतिपल्ट बाटोछेकें फुल्ले, भन्थ्यौ लिंदै लिन्न 

बर्षौं भयो नदेखेको, कस्तो छ स्वास्थ्य नानु
रसिला छन् आँखा तिम्रा,भै´छ्यौ भिन्न भिन्न

हात थाम्यौ परदेशीको, आज धेरै रोयौ अरे
स्वदेशको चोखो मायाप्रेम, भन्थ्यौ हुँदै हुन्न

किन भुल्यौ मेलापात सम्झ्यौ, जहाज पर्देश  
उडन पाए देशको माटो भन्थ्यौ, छुँदै छुन्न

पढ्या लेख्या सोझो केटो पाउदा लात मार्यौ
लाहुरे सँग जान पाए त भन्थ्यौ, रुँदै रुन्न

गजल

मधुशालामा आज,दिलको लिलाम छ
गोजिमा गाँठ, हुनेहरुको नै लाम छ  

दिल हत्केलामा राखी, खेलाउँदै छन् रे
उ आँखाले देखे सम्मको लामो जाम छ

खै चिरेर निकाल्ने त होलान् त्यो दिल
कोही मुर्छा छन् त, कहिं निल डाम छ

जान्न भो म त त्यहाँ,सुन्दैमा जिरिंग छु 
न मनमा चाह, न यो गोजिमा दाम छ

पवित्र ! भन्थे, मधुशाला, बगरेहरु
देख्न सक्दिन म बस् मुखमा राम छ !!

पृथक अनुभुति

पृथक अनुभुति 

बाँचेर ज्यून, सिक्दै छु आज
सहेर आसुँ, झिक्दै छु आज
नसोध्नु केही बिन्ती छ मेरो  
आफन्त भन्ने चिन्दै छु आज

लखेट्यौ हिजो, दारा उदाउदै 
चिन्दैनौ तिम्ले भिन्नै छु आज
न टेक्ने  लौरो, समाउने डालो
उधार्यौ छानो, भिज्दै छु आज 

परेपछी भन्थ्यौ, कोडिको पाउ
गधाको खुट्टा, मिच्दै छु आज
माली बनेर कोपिला निमोठ्यौ
रहेको टुसामा सिंच्दै छु आज

दिनुथ्यो गास, बास उठायौ
मागेर यहाँ, टिक्दै छु आज
श्रदा रहे पो श्राद्ध रहन्छ भोली
जस्तो सिकायौ सिक्दै छु आज !!!!

गजल कबिता नजरको

ओढ भो घुम्टो आज, धेरै जले यहाँ
अर्का के कुरा आज, आँफै ढले यहाँ

एक झलक तिम्रो, दर्शन के मिल्यो
निभेका दिप आज, त्यसै बले यहाँ

एक से एक सुन्दरी, भिडमा तिमी
पिएनन् सुरा आज, यसै गले यहाँ

गाए गजल त्यो, कबिता नजरको
निम्ता बिना नै आज,उसै चले यहाँ

नआउ है अब, फेरी यो शहरमा
मदहोशी ले आज आँफै जलें यहाँ

ओढ भो घुम्टो आज, धेरै जले यहाँ
अर्का के कुरा आज, आँफै ढले यहाँ

Tuesday, June 24, 2014

गीत हल्का हल्का

यो साँझको हावा कस्तो हल्का हल्का
यो हातको नशा जस्तो छल्का छल्का 

खुला आकाश, न्यानो मौसम, एक्लो
माया होकी याद उस्तो झल्का झल्का

निस्ठुरीले, छाड्दा, बिर्सने कसरी
अनायश चस्का पस्तो बल्का बल्का 

दुख्ने मुटु, पोल्ने छाती, रात पर्‍यो
पिउनै पर्‍यो,यो सस्तो, हल्का हल्का

यो साँझको हावा कस्तो हल्का हल्का
यो हातको नशा जस्तो छल्का छल्का 


ब्लक ब्लक = बल्का बल्का

गजल कोही बने जाहिल

तिम्रो मुस्कानमा कती घायल भए यहाँ
नागबेली चालमा कयौं घायल भए यहाँ

थाक्यो दुनियाँ पर्खेर, तिम्रो एक ईशारा
एकोहोरो प्रेममा, सयौं कायल भए यहाँ

शिरको ताज कतै, कतै ताज महल नै 
पदचाप छोडेर, गयौ, पायल भए यहाँ

साहिल बने कोही,त कोही बने जाहिल
तिम्रै महलको देख्यौ, टायल भए यहाँ

दिउँसै सपना देख्नेहरु, आज बस्तिमा
आगमन तिम्रो, देख्यौ गयल भए यहाँ  



गीत गजल यादै याद

यो गोधुली साँझले, किन धेरै रुवाउँछ
झुल्के घामले त, झन, सबेरै रुवाउँछ

तुयांलोले ढाके हुन्थ्यो निलो आकाश सधैं
के, भनुँ खै, जूनले, जतिखेरै रुवाउँछ 

रेगिस्तानको बालुवाले, आँखा पोली राख्छ
थाहा हुन्न, तिम्रो यादले उतीखेरै रुवाउँछ

यो गोधुली साँझले, किन धेरै रुवाउँछ

साँझ के बिहान के छाती भरी यादै याद
नसोध भो, बिन्ती छ, कतिखेरै रुवाउँछ 

न राख्नु थियो तस्बिर हाम्रो सिरानै माथि
छ नी, त्यो तस्बिरले, धेरै´बेरै रुवाउँछ

यो गोधुली साँझले, किन धेरै रुवाउँछ
झुल्के घामले त, झन, सबेरै रुवाउँछ

photo by Som Nath Luitel
Bardia Nepal/ UAE

गीत गैह्री खेत टारैमा

गीत
(लय बिश्राम सहित)
असारै लाग्दा/ मन मेरो रोयो/ पुरानो मायाले
नयाँले छाड्दा /मन फेरी रोयो /पुरानो मायाले

बिउका मुठा, हिलोमा डुबाई, पछ्यौरी भिजाको
असारे झरि, भुल्यौ कि माया,पछ्यौरी भिजाको

कसरी भुल्नु, दब दबे हिलो, मेलापात गएको
बाउसे तिमी, रोपाहार कान्छी मेलापात गएको
 
दही चिउरा, कुम जोडी खाँदा, गैह्री खेत टारैमा
असारै भरी, मेला पात जाँदा, गैह्री खेत टारैमा

घुम र स्याखु, बिर्सेंर गएँ म, छेल परें छातामा
ढल्कायौ छाता, निहु पायौ छुने,छेल परें छातामा

त्यो ठाडे भाका, सुनेर साइँली, मन मेरो रोएथ्यो
दियौ नी रुमाल, बुनेर कान्छी, मन मेरो रोएथ्यो

बिउका मुठा, हिलोमा डुबाई, पछ्यौरी भिजाको
बिर्सेंको छैन, मनको राजाले, बेस्सरी गिजाको

Monday, June 23, 2014

डर गजल

आज टिका टाला, भोलि नचिन्ने पो हुन् कि
हैन! काका साला, भोलि नबोल्ने पो हुन् कि

जे जे होला होला, भनि चुनाव जितायौं है
सुके पछि माला, भोलि नगल्ने पो हुन् कि

तीन महिनामा, आफ्नो क्षेत्र आए सम्झिएर 
होला कस्तो चाला, भोलि नभन्ने पो हुन् कि

लेख्छु कानुन, राख्छु शान्ती, सपथ खाएर
बाचा खेर जाला, भोलि नलेख्ने पो हुन् कि

युवा शक्ती बन बिदेश, छिर्न नपरोस ल
बैरी देशै खाला. भोलि नदेख्ने पो हुन् कि ??

Dedicated to Ms. Nelly

ति तिम्रा सपना अझै मरेका छैनन्
डालीका कोपिला अझै झरेका छैनन्

दुखिहरुको आशु पुछ्ने तिम्रा रुमाल
चाहना यी सारा अझै हरेका छैनन् 

प्रक्रिती तिम्रै, मुस्कानहरु गालाका
बेलीचमेली नेली अझै डरेका छैनन्

अटल तिम्रो विश्वाश दृढ छ संकल्प
पहाड जस्तै छन् अझै सरेका छैनन्

आशा हौ तिमी आस्थाकी श्रीजना हौ  
नेपाली सपना, अझै टरेका छैनन्

जय नेपाल २

केही त गर अब अल्पमतमा छैनौ
कसले भन्छ अब, बहुमतमा छैनौ

थप्यौ शहरमा लाल किल्ला भत्काई
नसोच फेरी अब, जनमतमा छैनौ

लोकतन्त्रका सेना समाजका सिपाही
सुन्न नपरोस् अब सहमतमा छैनौ

कानुन निर्माण, अखण्ड राख राष्ट्र
देखाउ कहाँ अब, अभिमतमा छैनौ 

कायापलट हुन, कत्ती बेर लाग्दैन
नगरे काम अब, जनमतमा छैनौ

केही त गर अब अल्पमतमा छैनौ
कसले भन्छ अब, बहुमतमा छैनौ

गीत रुवायौ नी मलाई

नजरको बांडले हान्यौ नी मलाई
मुटु मै घाइते बनायौ नी मलाई
सपनाको बजारमा, एक्लो बनाइ
धर धरी आज रुवायौ नी मलाई

अटाइन म किन, तिम्रो नजरमा
असक्त थिएँ, दुखायौ नी मलाई
माया जाली हैन मन बन्यो मेरो
जालमा, राखी छान्यौ नी मलाई

मरेर बाच्नु तर रहर छैन मलाई
एक्लो बाध्यता, पार्यौ नी मलाई
पिरतिको शिखरमा, उक्लदै थिएँ
ईशाराले ताकी, झार्यौ नी मलाई 




















Sunday, June 22, 2014

हराएको पात्र



कबिता
...........
हराएको पात्र

महाभारतको युद्ध चल्दै गर्दा
अर्जुन कृष्ण हराए यहाँ
सकुनीको चाल बड्दै गयो,
युद्ध रोकिने छांट्कांट् देखिन छाड्यो ,,
प्रहार माथि प्रहार चल्दै गयो।

चौध बर्षका लागि बनबास गएका
राम,लक्ष्मण,शत्रुघ्न हराय
दरबार बाट खराउ हराए,
जुन बेला यहाँ निती संस्कार
चाहिएको ,चाणक्य हराए,
जंगलबाट द्रोणचार्यको मुर्ती संगै
एकलब्यको धनुस् हरायो,,
हो धेरै थोक हरायो यहाँ
पात्र हराए साधन हराए,
सुन्दैछु लुम्बिनिबाट बुद्ध हराए,
गोरखाबाट राम शाह हराए
दुधको मिलिमतो चेपेबाट
दुधका धारा हराए,
हराउदै छन् दश गजाका खम्बाहरु
मन्दिराका ढोका गजुरहरु।  
यार्सा संगै हराएका छन्
केही जिन्दगीहरु,

समग्र राष्ट्रको अस्तित्व
एक आधार एक भरोशा हरायो
हिमालयको कोख बाट
शिवको ज्योतिर्लिङ हरायो,
राजनीतिबाट बाद बिम्ब हरायो
नागरिकहरु बाट कर्तब्य हरायो,
अधिकार हरायो,
रारा तिलिचो बाट शान्ती हरायो

हामी नेपाली भाई भाई नारा हरायो,,
त्यसैले शक्ती हरायो,
धन कमाउन गएको छोरो हरायो
घास काट्न गएको छोरी हराई
देबकोटाको यात्री हरायो
समको ईच्छा हरायो
भुपीको छोरी,लौरो,
मानचित्र सबै हरायो ,,,

त्यसैले चिन्तित छु आज,
कतै विश्व मानचित्र बाट
हाम्रा रगतका रेखाहरु नहराउन,
शिरको टोपी, खुकुरी नहराउन
नेपाली नेपाल भित्रै नहराउन,,
आउनुहोस् प्रण गरौं
बाकि सिमित केही पात्र जोगाउन
बांचिखुचेका साधन श्रोत
जोगाउन,,जागौं
एक मुठी प्राण रहुन्जेल,
नत्र भन्न सकिदैन
तपाईं हराउदै हुनुहुन्छ
आँफैलाई ।।।।

तथास्तु
श्रीभक्त पौडेल ¨आफन्त¨
स्पेन
अषाढ् गते आईतवार,२०७१






स्वाभिमानका कुरा

झुक्नेहरुलाई के थाहा स्वाभिमानका कुरा
लुक्नेहरुलाई के थाहा, अभिमानका कुरा

आत्मा धरौटिमा राखी तारिकमा छुट्नेहरु
चुक्नेहरुलाई के थाहा ति स्वाधिनका कुरा 

बाहिरका बिराला,  घर भित्रका बाघहरु
भुक्नेहरुलाई के थाहा, अपमानका कुरा 

सिमानामा ठेस लाग्दा नेपाली मन दुख्छ 
ढुक्नेहरुलाई के थाहा यि सम्मानका कुरा

माथिफर्की थुक्दा आँफै भिज्नेहरु छन् यहाँ 
झुक्नेहरुलाई के थाहा स्वाभिमानका कुरा !

Saturday, June 21, 2014

गजल माटोमा पाउंछौ सुगन्ध

माटोमा पाउंछौ सुगन्ध, सुनमा नखोज
आत्मामा पाउंछौ सम्बन्ध खुनमा नखोज

बिशाल दाग तिमी भित्रै,लुकीराख्या होला
कोट्याइ कोट्याइ त्यो´दाग जूनमा नखोज

नदेउ है आँशु कसैलाई, नमिठो लाग्छ
एउटै हुँदैन त्यो स्वाद, नुनमा नखोज 

सिकाउ गाउन हृदय,आफ्नै मुस्कानमा 
उमंग खुशी छन् त्यहाँ, धुनमा नखोज

बहकिन्छ यो मन आँफै बहकिन खोजे
नरम तिम्रो बोली भए, ऊनमा नखोज

गीत संगीत दिवसको उपलक्ष्यमा

हसाउँछ्यौ तिमीले मलाई रुवाउँछ्यौ किन 
जती टाढा जान्छु उती, बोलाउँछ्यौ किन
कहिले गुनगुनाउँछ्यौ, कतै भुनभुनाउँछ्यौ 
सातै रंगहरु इन्द्रेणीमा, टोलाउँछ्यौ किन
एक्लो मनलाई सम्हालेर अंगालोमा राखी 
एकान्तमा तिम्रै काखमा भुलाउँछ्यौ किन
सारेगम पधनीस, झँकारहरु झुन झुनाउदै 
कहिं भाब, कहिं रागमा,झुलाउँछ्यौ किन
झिस्मिसे र गोधुलिमा भजन किर्तन पनि 
सताउँछ्यौ,अत्याउँछ्यौ, मत्याउँछ्यौ किन ??

गजल सस्तो कानुन नबनाउ

जसले जे जे गरे हुने, सस्तो कानुन नबनाउ
देखाउन लाई नै थुने, जस्तो कानुन नबनाउ

नजिर कै लागि मुद्धा पुन: नउल्टाउ जानी जानी
हारेका लाई फेरी चुने, जस्तो कानुन नबनाउ

कानुनले देश चलोस, कानुन नचलाइयोस्
माकुरोले भिरमा बुने, जस्तो कानुन नबनाउ

अखन्डता रही रहोस् अनि चन्द्र सुर्य हाम्रो 
साबुनले सजिलै धुने, जस्तो कानुन नबनाउ

६०१ लाई खबरदारी, हेर जनता छन् साथमा 
नेपाली सधैं भरी रुने, जस्तो कानुन नबनाउ

कानुन सब लाई बराबरी, सर्बोपरी देशको
कैद भित्रकाले नै छुने, जस्तो कानुन नबनाउ

Friday, June 20, 2014

दिएन साथ साथिले आज


दिएन साथ साथिले आज, बिर्सिएछ क्यार
जम्थ्यो सदा मेहफिल माझ बिर्सिएछ क्यार 

गाएर मिठो गजल, रंग्याउथ्यो माहोल सधैं
छुपाइ आँखामा उस्को राज बिर्सिएछ क्यार 

मन की रानी कहिले, दिलकी राज कुमारी 
भन्थ्यो सजाउंछु ठुलो ताज बिर्सिएछ क्यार 

लागेन हिजो बेहोशिमा थियो कि एक्लै कतै   
राख्न लाई जमघट्को नाज बिर्सिएछ क्यार 

कसरी बिर्स्यो होला साकिहरु सँगको साँझ
जम्थ्यो सदा मेहफिल माझ बिर्सिएछ क्यार

photo 2003/04 Oizumimachi Sakata Japan

गजल माया मारेर लियौ

खारेर लियौ माया झारेर लियौ
सग्लो हृदय मेरो फारेर लियौ

माली बनेर मन सम्हाल्यौ कतै
बगान छेक बार, बारेर लियौ

बस!लिनु नै थियो र त तिमीले
कहिले काही झारा, टारेर लियौ

कस्तो पासा फ्याक्यौ बुझ्न सकिन 
जितेर हैन आज, हारेर लियौ

सारेर लियौ कतै उखेल्यौ पनि
कसरी मार्यौ माया, मारेर लियौ



Thursday, June 19, 2014

गजल मुना हौकी तिमी

भोट् जादा सम्झी रुने मुना हौकी तिमी
आँशु पुछ्ने रुमालको, कुना हौकी तिमी 


चादीको बाल्टिन त्यो कालिगढको हातमा
सम्हालेर घोली राख्या, चुना हौकी तिमी

त्यो मुहारमा परे पछी, नजर हटेन 
मोहनीले फुकी फाल्या टुना हौकी तिमी

मन्दिरको घण्टी बज्दा, मन मै छाउने
सालको टपरी सँगै , दुना हौकी तिमी

पश्चिमकी झुमा कहिले, पूर्वकी राई 
पुर्णिमाको  आकाशकी लुना हौकी तिमी

लुना: चन्द्रमा

Wednesday, June 18, 2014

सानोमा देख्ने गरेको सपना

म तिम्रो पदचाप पछ्याई रहन्छु
अनबिज्ञ थियौ तिमी
तिम्रो पिछा गर्दै थिएं म
चुपाचाप एकोहोर तिमी हिडिरह्यौ
म तिम्रो पदचाप पछ्याई रहें
शायद तिम्रो गन्तब्यको ठेगान थियो
त्यसैले निर्धक्क चलिरह्यौ
तिम्रो पछि लागिरहें म पनि
अनायसै।।

मन भन्दा छिटा चलेका छन्
मेरा पाईलाहरु, तर तिमीले
सुइँको सम्म पाइनौ
भुइँ कम्मरिया केशहरु
आख्यानमा नसकिने हंस चालहरु
चाल सँगै चलेको तिम्रो मोहक
सायद त्यही मोहक नै हुन्
मेरा हर कदमहरुले खोजिरहेका थिए

अन्जान शहरमा एक शिशु
आमाको धोतीको फेर समाएर
लुरुलुरु पछ्याए जस्तो
म पछ्याइरहेको छु
तिम्रा पाइलाअका डोबहरु
कैयौं यात्रीहरु भेटिए, तर तिमी
एक अभिवादनको पनि कन्जुस्याइँ गर्दै थियौ
या भनुँ तिमी यी सब
यात्रीहरु देखी
अवाक्क थियौ।

न थकाई न सुस्केरा
न चौतारी न एक घुँट पानी
तिमी चलिरह्यौ
मैले पछ्याई रहें 
यो मेरो, नभनुँ तिम्रो
होइन हाम्रो यात्रााको सिलसिला
टुङिने छांटकांट नै लिएन
म थकित हुँदै थिएं
छटपटिन थालें
म प्यासले गलें
तर तिमी रोकीइनौ, चलिरह्यौ
म तिम्रो पदचाप पछ्याइ रहें ।।।

म झसँग हुन्छु अचम्ममा पर्छु
तिम्रा पाईलाहरु स्मसान तर्फ चल्दै थिय
थाहै भएन म पनि
निकै लामो नदी कीनार
हिँडिसकेको रहेछु  
असम्भब छ म एक्लै फर्कन सक्दिन
म झन झन आकर्सित हुँदै जान्छु
तिम्रो मोहकता बढ्दै जान्छ

यस्तो लाग्छ कि
तिम्रो ईशारामा नै म चल्दैछु
हेर्दा हेर्दै सम्पूर्ण परीद्रिष्य अर्कै हुन्छ
तिमी त एक नब बिवाहित दुलही
नितान्त सोर्ह सृङ्गार युक्त
रातो घुम्टो ओढेर
मेरो आमु एक लज्जावती झार झै
लल्याक लुलुक हुन्छ्यौ
म तिम्रो घुङ्घट उघार्न खोज्छु
तर मेरा हात नै चल्दैनन्
म एकदम उत्सुक हुन्छु
तिम्रो एक झलक देख्न हेर्न
अहो कस्तो अचम्म तिम्रा
मेहन्दी र रङ्गिन चुराहरुले सजित
हातहरु मेरा तर्फ बढाउछ्यौ
सपना होकी बिपना ??
आफु कुन धरातलमा छु बिर्सन्छु
असिन पसिन हुँदै
म पनि मेरा दुबइ हात बढाउँछु
तर तिम्रो घम्लङ्ग न्यानो अङ्गालोले
छोप्छ मलाई
एक लोक कथाकी परी जस्तै
सानोमा सुन्नेगरेका कथाकी
राजाकुमारी जस्तै
म खुशीले पागल हुन्छु
अनी, तिमी केही नबोली अघि बड्छ्यौ
म तिम्रो पछि पछि

म तिम्रो पदचाप पछ्याई रहन्छु,,,

सन २०१४, जनवरी २६
स्पेन
२०:४५ साँझ

कता गए चौंरीहरु आउन छाडे खर्क



कता गए चौंरीहरु आउन छाडे खर्क
भिर बन मौरिहरु पाउन छाडे खर्क 

चरनमा घांस छैनन्, टाढा टाढा गए
जिम्बु बोक्ने दिदीहरु गाउन छाडे खर्क

उही पाखाको घांस उही डाँडाको कांसले
कता गाई गोठहरु, छाउन छाडे खर्क

न्याना हुन्थे राडीपाखी चुंडिएछन् तान
बक्खु ओढी दिदीहरु धाउन छाडे खर्क

शुशेलीले बोलाउंदै, हट्हट घोडा चढी
हावा चल्दै धुलोहरु, दाउन छाडे खर्क

गजल राँको सल्के पछि

आज फेरी मुटु दुख्यो घाऊ बल्के पछि 
बल्ल मैले चाल पाएं आँशु छल्के पछि

अनुभुत कस्तो कस्तो, मुटु भरी पिडा
प्यारा लागे मधुशाला साँझ ढल्के पछि

अतितमा हराउंछु, सम्झी रातो टिका  
पुर्णिमाको पूर्णचन्द्र झुल्की टल्के पछि

सारांस छैन जिन्दगी, अर्थ खोजुं कहाँ
लुकीलुकी तिम्रो फोटो चुम्न पल्के पछि

निभ्न गार्हो ज्वाला दन्क्यो शुल उठ्यो ठुलो
जिउँदै थिएं लाश बनें, राँको सल्के पछि

गीत मेरी बुलबुलको

रुप राम्रो बोली त्यस्तै मेरी बुलबुलको
श्रीपेच झै जुरो उस्तै, मेरी बुलबुलको

फुरफुरफुर हांगा बिंगा, तिम्रो संसार
श्वेत कन्ठ स्वर सुस्तै मेरी बुलबुलको

रंगहरुकी रानी तिमी, इन्द्रेणीले डाह
चरी की परी दुरुस्तै, मेरी बुलबुलको

डाली डाली फुलहरुमा घुमी रमाउने
फुल्मैबसी रस चुस्तै, मेरी बुलबुलको

तिमी झै स्वतन्त्र भै उड्न मन लाग्यो
बनाई त्यो गुँड जस्तै, मेरी बुलबुलको  
 

गजल नाम पाईन साथी

टिप्छु भन्दै आएं प्रदेश काम पाईन साथी
फर्कु अब भन्दा स्वदेश घाम पाईन साथी

माला जप्दै हिंड्ने भिडमा म हराउन थालें
खोज्दैछु छन् कि बिशेष राम पाईन साथी

पापी पेट भन्छन् सब हातमुख जोर्नै पर्ने
जुटाउन यी दुई गास, दाम पाईन साथी

धर्मकर्म बिर्सन्छु कि भन्ने डर भित्र लाग्छ
हुँदैछु की जिउदो लाश, नाम पाईन साथी

धैर्यताको सिमा टुट्छ आजभोलि किन होला
साँझ पख पिउने खास, जाम पाईन साथी

Tuesday, June 17, 2014

गजल न आगोले जल्दो रैछ

न आगोले जल्दो रैछ न पानीले भिज्दो रैछ
बल्ल आज थाहा पाएँ, जवानीले किच्दो रैछ

आकाशको जुन तारा , टपक्कै टिपें भन्नेहरु
केले थिच्यो छाती भन्थें दिवानीले थिच्दो रैछ

कोही रोए गजलमा, कोही रोए कबितामा
किन रोयो कापी सोच्थें रुमानीले मिच्दो रैछ

श्याम श्वेत तस्बिरमा , जिन्दगीका कथाहरु
कसले खिच्यो फोटो भन्दा बेमानीले खिच्दो रैछ

अंगालोको तकिया यो, बिहानीमा भिज्छ सधैं 
साँच्चै आज आँफै जानें,बेमानीले भिज्दो रैछ

पिरतीको बन्दकीमा, मायालुको सहि छाप
केले भिज्यो लालपुर्जा, जमानीले भिज्दो रैछ

गजल स्वदेशमै फैलाई झोली


धेरै होइन साँचो बोली, दिउँला जिन्दगीमा
फाटे उध्रेका ढाका चोली सिउँला जिन्दगीमा

धनको थुप्रो हैन सानु , मनको शिखरमा
महल सम्झी आफ्नै खोली जिउँला जिन्दगीमा 

मेला पात लेक बेंसी, साँझ बिहानमा सधैं
ल्याउँला पानी नुन घोली पिउँला जिन्दगीमा 

बासमती र झिनुवाको, नभए नि रातमा
गिठा भ्याकुर राख पोली लिउँला जिन्दगीमा

नजाउ भन मलाई बिदेश लोभ डाह छाडी 
स्वदेशमै फैलाई झोली जिउँला जिन्दगीमा

श्रीभक्त पौडेल ¨आफन्त¨

गीत बिदेशीएका को डायरी बाट

आँगनीमा फुल सार चौतारीमा बर प्रिय
अँगालोमा बेर्न भनि, आउँदैछु घर प्रिय

महिना दिनको छुट्टी प्लेनको टिकट काटी
अझै बिदा थप्न लाई , नगर है कर प्रिय

ज्यानको बाजी थापे पनि कमाइ धेरै छैन
यस पाली घडेरी को, नपर न भर प्रिय

नुन चिनि जोहो गर्छु तोरी बरु आँफै पेल
घर अघि घडेरिमा, सुर्य-मूखि छर प्रिय

कलंकीमा बस चढी, साँझपख बेंसि झर्छु   
सँग सँगै उकालीमा तिमी पनि झर प्रिय

धेरैपछि भेट्दा कालु धक लागे जस्तो भयो
हिंडौ बाबा हात देऊ, अल्ली वर सर प्रिय

बुवाआमा साथ छाडि काखमा छ सानो छोरो
देशमा शान्ती छायो´रे, नमान ल डर प्रिय!!

Monday, June 16, 2014

गजल जगाएर गयौ तिमी

अति मिठो निदाएथें, जगाएर गयौ तिमी
कति मिठो सपना´त्यो बगाएर गयौ तिमी

पिरतीको माहोलमा गुण भन्दा अंक धेरै 
खति भयो बजार´मा ठगाएर गयौ तिमी

खोज्दै कोही आएभने तगारो मै छेक्यौ किन
जति जो जो आए हिजो भगाएर गयौ तिमी

सपना त टुट्यो टुट्यो निदाउन गाह्रो झनै
मति मेरो बिगारेर, मगाएर गयौ तिमी  

अति मिठो निदाएथें, जगाएर गयौ तिमी
 अति सस्तो दोश सारा लगाएर गयौ तिमी

गजल जिन्दगीको जुवा

भेट्न खोज्दा माथि माथि सिमलुको भुवा
जिते पनि हारें साथी, जिन्दगीको जुवा

नदी छेउ बास आफ्नो, रही रहें प्यासी
सुक्यो आज कस्तो घाती जिन्दगीको कुवा 

आफुँ जलें बदनामी मा, खरानी छैन
भित्र भित्रै जल्यो राती,जिन्दगीको रुवा

छिमेकीले मिठै माने,आफ्नो भाग रित्तो
बन्न जाती बांड्नै पर्‍यो, जिन्दगीको पुवा

भेट्न खोज्दा माथि माथि सिमलुको भुवा
जिते पनि हारें साथी, जिन्दगीको जुवा

Sunday, June 15, 2014

गजल जहाँ मेरो डोली हरायो

यो कस्तो भिड हो जहाँं मेरो बोली हरायो
त्यही भिड थियो  जहाँं मेरो झोली हरायो 

बिहान छोडी आएको, आँगनीमा पुगें म
पाईन खोज्दा खै जहाँ मेरो खोली हरायो

जानवर भए मान्छेहरु, ¨शान्ति¨ हारायो
शान्ती भन्दै थिन् जहाँ मेरो चोली हरायो

तातै खाऔं जल्दी मोरौं हतारमा दुनियाँ
विश्व पछुताउँदै, जहाँ मेरो भोली हरायो

जन्ती अघि अघि, नौमती बाजा बजाउंदै
नयाँ दुलही थि, जहाँ मेरो डोली हरायो  !!!

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...